ताजा अपडेट »

बम परिवार भन्छन्ः ‘लाञ्छना सहेर कति बस्ने ?’

आइतबार, ०६ माघ २०७५, ०३ : १९
8 Shares

माघ ६,

काठमाडौँ । कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्या घटनामा जोडिएका बबिता र रोशनी बमले आफूहरुमाथि अन्याय भएको बताएका छन् । आमासँग काठमाडौँ आएका उनीहरुले उक्त घटनामा जोडेर आफ्नो चरित्र हत्या गरिएको, घटनामा संलग्नता प्रमाणितै नभई मिडिया र मानव अधिकारकर्मीले निरन्तर लाञ्छना लगाएको बताए ।

रोशनीले निर्मलाको बलात्कारपछि हत्या भएको घटना सार्वजनिक भएपछि प्रहरीका विभिन्न टोलीले आफ्नो घर खानतलासी गरेको र कैयन्पटक बयान लिएको बताइन् ।उनले बाहिर चर्चामा आएजस्तो प्रहरीले आफ्नो पक्ष नलिएको दाबी गरिन् ।- कान्तिपुर दैनिक

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।