ताजा अपडेट »

कांग्रेसले बोलायो संसदीय दलको बैठक

बुधबार, १९ फागुन २०७७, १३ : ५७
2 Shares

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।

फागुन २१ गते दिउँसो १ बजे संघीय संसद् भवनको ल्होत्से हलमा संसदीय दलको बैठक आह्वान गरिएको एक नेताले जानकारी दिए । प्रतिनिधिसभा पुनःस्थापनापछि प्रस्तुत हुने विषयमा निर्णय गर्न उक्त बैठक बोलाइएको हो । विभाजित नेकपाका दुवै पक्षले कांग्रेसलाई सत्ता सहकार्यका लागि प्रस्तावव गरेका छन् । तर, कांग्रेसले कुनै निर्णय लिएको छैन ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।