ताजा अपडेट »

निजी प्राविधिक शिक्षालयको अधिवेशन बुटवलमा

शुक्रबार, १६ माघ २०७७, २२ : ०२
24 Shares

बुटवल । निजी प्राविधिक शिक्षालय महासंघ नेपालको आठौं महाधिवेशन तथा केन्द्रीय भेलाका लागि देशभरका प्रतिनिधिहरु बुटवलमा जम्मा भएका छन् । सिएमए, अनमि, ल्याब असिस्टेन्ट लगाएतका विषय अध्ययन हुने शिक्षालयका प्रतिनिधिहरु नयाँ नेतृत्व चयन तथा नयाँ कार्ययोजनाका लागि जम्मा भएको निजी प्राविधिक शिक्षालय महासंघ नेपालका अध्यक्ष बसन्तराज खनालले बताए ।

देशभरमा ४ सय हाराहरीमा रहेका प्राविधिक शिक्षालयका प्रतिनिधिहरु यो भेलामा सहभागी भएका छन् । यी मध्ये करिब दुई सय महासंघमा आवद्धता रहेका छन् । लुम्बिनी प्रदेशबाट कुल २९ वटा यस्ता शिक्षालय संगठित भएको महासंघका केन्द्रीय सचिव भुवनचक्र जोशीले जानकारी दिएका छन् । माघ १६ र १७ गते तय गरिएको भेलाको औपचारिक शुभारम्भ भने १७ गते बिहान १० बजे होटल अम्रपालीमा हुने र प्रमुख अतिथि सिटिइभिटीका उपाध्यक्ष खगेन्द्र अधिकारीले गर्ने सचिव जोशीले जनाएका छन् ।

देशभरका यस्ता प्राविधिक शिक्षालयमा करिब १० अरब लगानी भएको र वार्षिक ८ करोड कर बुझाइरहेको महासंघले जनाएको छ । महासंघले सरकारले राष्ट्रिय चिकित्सा शिक्ष ऐन २०७५ ल्याएका कारण आफूहरुलाई मर्कामा परेको, १३८ कलेज यसको मर्कामा परेकाले सर्वसाधारण व्रिद्यार्थी भर्नाबाट बन्चित भएको जनाएको छ ।

ऐनले वार्षिक १ हजार सर्वसाधारण विद्यार्थीले निःशुल्क पढ्न नपाएको महासंघका सचिव जोशीले बताए । उनले सरकारले ल्याएको ऐनमा शिक्षालयको स्तरवृद्धि गरिने भनिएको तर त्यो पनि नभएकाले भर्नाका कार्यक्रम रोकिएको बताए । उनले भने– सरकारको उदासिनताले सबैको पहुँचमा रहेको प्राविधिक शिक्षा प्रभावित भएको छ भने अरबौं लगानी भएका शिक्षालयको भविश्य पनि अन्यौलमा परेको छ । अधिवेशनमा सर्वसम्मतबाट नयाँ नेतृत्व खोजिएको महासंघले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।