March 3, 2021, Wednesday
२०७७ फाल्गुन १९, बुधबार

सामुहिक विद्यालय परिवार अब डिजिटल प्रविधिमा

420

भैरहवा । निजि विद्यालयहरुको संस्था सामुहिक विद्यालय परिवार अबदखि डिजिटल प्रविधिमा पनि देखिने भएको छ । रुपन्देहीका विभिन्न विद्यालयहरु आबद्ध उक्त संस्थाका सदस्यहरुको गतिबिधिलाई पनि अपलोड गरिएको सामुहिक विद्यालयका अध्यक्ष गम्भीर गुरुङले बताए ।

डब्लुडब्लुडब्लु डट ज्वाईन्टस्कुल फेमिलि डटकम रहेको सामुहिक विद्यालय परिवारका पुर्व अध्यक्ष उदय मल्लिकले बताए । वेभसाईटमा हरेक विद्यालयको प्रोफाईल समेत राखिएको छ । मल्लिकले भने, ‘हाम्रो १९ सदस्य विद्यालयको पुर्ण विवरण अब डिजिटल प्रविधिमा हेर्न र पढ्न पाईनेछ ।’

यसैगरि उक्त वेभसाईटमा विद्यालयहरुले प्रयोगमा ल्याएको पुस्तक, क्यालेन्डरहरु समेत राखिएको छ । वेभसाईटको एक समारोहकाबिच सिद्धार्थनगरपालिकाका शिक्षा शाखा प्रमुख चेतनशील लम्सालले गरेका हुन् ।

पछिल्लो अपडेट