२ जेष्ठ २०७९, सोमबार

May 16, 2022

कपिलवस्तु । कपिलवस्तुमा दुई पालिकाका विद्यालय आजदेखि बन्द गरिएका छन् । कपिलवस्तु नगरपालिका र मायादेवी गाउँपालिकाका विद्यालय शीतलहरका कारण चार दिनका लागि बन्द गर्ने निर्णय भएको हो ।

Advertisement

जाडो बढेकाले पठनपाठनमा समस्या आएपछि विद्यालयमा बिदा थपिएको हो । शुरुमा यही माघ ८ देखि माघ १० गतेसम्मका लागि नगरपालिकामा रहेका सबै सरकारी र निजी विद्यालयहरु बन्द गरिएका थिए । नगर शिक्षा समितिको निर्णयअनुसार चार दिनका लागि जाडो बिदा थप गरिएको नगरपालिका शिक्षा एकाइका उपसचिव हरिप्रसाद ज्ञवालीले बताए । माघ १५ देखि विद्यालय सञ्चालन हुने बताइएको छ । जाडोले गर्दा प्राविमा पढने स-साना विद्यार्थीहरु बढी प्रभावित बनेका छन् ।

जाडोले गर्दा विद्यार्थीको न्यून उपस्थिति भएकाले पठनपाठनसमेत प्रभावकारी हुन नसकेको शिक्षकहरु बताउँछन् । त्यस्तै मायादेवी गाउँपालिकाका विद्यालयमा पनि तीन दिनका लागि जाडो बिदा दिइएको छ । धेरै चिसोले गर्दा विद्यार्थीको स्वास्थ्यमा समस्या आउनसक्ने भन्दै गाउँपालिकाभित्र रहेका सबै विद्यालय बन्द गरिएको हो ।

गाउँपालिका शिक्षा शाखाका प्रमुख अमिनप्रसाद कुर्मीले सूचना निकाल्दै गाउँपालिकाभित्र रहेका सबै विद्यालय तीन दिनका लागि बन्द गर्ने जनाइएको छ । माघको शुरुदेखि नै कपिलवस्तुमा बाक्लो हुस्सु र शीतलहरले जनजीवन प्रभावित भएको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

दिल्लीको तापक्रम ४९ डिग्री सेल्सियस, सर्वसाधारणलाई घरभित्रै बस्न अनुरोध भारतीय प्रधानमन्त्री मोदी आज ६ घण्टाको लागि नेपाल आउँदै बुटवलमा खेलराज पाण्डेय १८१४ मतले अघि तिलोत्तमामा एमालेको विजयी सुरुवात, गठबन्धनलाई हराउँदै वडा १ को अध्यक्षमा गिरी सैनामैना २ मा गठबन्धनलाई हराउँदै एमालेका कंडेल विजयी देवदहमा एमालेको अग्रता कायमै, काँग्रेस २०९ मतले पछाडी चितवनका २० वडाको मतपरिणाम सार्वजनिक, कांग्रेस ९ र एमाले ६ वडामा विजयी पोखराको पहिलाे नतिजा : १ मा एमाले, २ मा कांग्रेस विजयी तिलोत्तमामा खाँण र चापागाईं बीच कडा प्रतिस्पर्धा जारी गौतमबुद्ध विमानस्थलमा पहिलाे अन्तर्राष्ट्रिय उडान, जजिरा एयरबेजको जहाज अवतरण बुटवल उपमहानगर-१९ मा प्यानलसहित एमाले विजयी लुम्बिनी प्रदेशसहित यी स्थानमा वर्षाकाे सम्भावना, भाेलि हावाहुरी चल्नसक्ने दाङको बङ्गलाचुलीमा गठबन्धन दल विजयी देवदहमा एमालेको अग्रता कायमै, काँग्रेस १६९ मतले पछाडी तिनाउमा गठबन्धनलाई हराउँदै बहुमत वडासहित एमालेको जित लुम्बिनी भ्रमणले नेपाल–भारत सम्बन्ध अझ मजबुत बनाउने छ : भारतीय प्रधानमन्त्री मोदी तिलोत्तमामा एमालेका चापागाइँ र कांग्रेसका खाँणबीच कडा प्रतिष्पर्धा देवदह–२ मा एमालेका रास्कोटी प्यानलसहित विजयी बुटवलमा खेलराज पाण्डेयले अग्रता फराकिलो बनाउँदै, १५०८ मतले अघि जेठ ३ देखि भैरहवामा अण्डर १४ लिटिल स्टार क्रिकेट प्रतियोगिता