५ जेष्ठ २०७९, बिहीबार

May 19, 2022

रूपन्देही। बु्द्धिजीवी विचार मञ्च, रूपन्देहीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको हालको विवाद र विभाजनमा कुनै नीतिगत र सैद्धान्तिक आधार नभएको ठहर गरेको छ ।
नेकपाको नेतृत्व तहमा रहेका केपी ओली समूह र प्रचण्ड–माधव समूह दुबैको व्यक्तिगत स्वार्थ,अहङ्कार र पदीय अस्तित्वको लडाइँले नेपाली नागरिकका चाहना र आस्थामाथि निर्मम प्रहार गरेको पनि मञ्चले बताएको छ ।

Advertisement

मञ्चका अध्यक्ष हरि ज्ञवालीद्वारा आइतबार हस्ताक्षरित विज्ञप्तिमा पदीय अस्तित्व र स्वार्थपूर्ण विवादका कुनै पनि समूहको अभियानमा सचेत नागरिक संलग्न हुन उपयुक्त नहुने उल्लेख गर्दै दुबै समूहलाई आआफ्ना गुटगत स्वार्थ छोडेर मुलुक र जनताको सेवामा लाग्न आग्रह गरिएको छ ।
विज्ञप्तिमा वर्तमान गालीगलौजपूर्ण राजनीति तुरुन्त रोक्न आह्वान गर्दै नेपालमा कम्युनिस्ट पार्टीको सैद्धान्तिक पुनर्जागरण र पुनर्गठनको आवश्यकतासमेत औंँल्याइएको छ ।

विज्ञप्तिमा कडा शब्दमा भनिएको छ, ‘जनताले ठूलो विश्वास गरेर तीनै तहका सरकारमा करिब दुई तिहाइ मत दिएको कम्युनिस्ट पार्टीको नेतृत्वमा हाल देखिएकोे स्वार्थगत विवाद, आरोप–प्रत्यारोप र गुटगत गतिविधिले नेपालका कम्युनिस्टहरूलाई मात्र कलंकित र आलोचित बनाएको छैन,अपितु मुलुकको समग्र विकास,समृद्धि र राजनीतिक संस्कारमा समेत नकारात्मक असर पारिरहेको छ । दुबै समूहका नेतामा पलाएकोे हदैसम्मको अहमता,संवेदनहीनता,अदूरदर्शिता र कर्तुतले कम्युनिष्ट पार्टी कुनैपनि कोणबाट राजनीतिक पार्टीजस्तो लाग्दैन । तसर्थ पुनर्जागरणसहितको पार्टी पुनर्गठन जरूरी भएको छ ।’

विज्ञप्तिमा अगाडि भनिएको छ–‘ कुनै समय आदर्श मानिएका शीर्ष नेताहरू खलपात्रका रूपमा परिणत हुँदैछन् र उनीहरू नै यतिखेर कम्युनिस्ट राजनीतिको “दाहसंस्कार“तर्फ उद्यत रहेको अवस्था छ ।’‘गरिब,किसान,सर्वहारा र मजदुर वर्गको नाममा राजनीति गर्ने कम्युनिस्टहरू नै यतिखेर शोषक,नवसामन्त, दलाल पुँजीपति र नवकुलीन वर्गमा परिणत हुँदै गएको’ आरोप लगाउँदै विज्ञप्तिमा ‘पाँच वर्षका लागि नेपाली जनताले दिएको करिब दुई तिहाइको अभिमत र विश्वास तीन वर्षमै समाप्त पारिनु जनतामाथि घात र निर्मम प्रहार भएको’ उल्लेख छ ।

विज्ञप्तिको अन्तमा नेताहरूलाई आआफ्ना गल्ती र कमजोरीहरू सच्याउँदैै एकजुट हुन र जनसरोकारका विषयमा केन्द्रित हुन आह्वान गरिएको छ । मञ्चले दुवै पक्षलाई सही मार्गमा ल्याउन दवावमूलक अभियान पनि सञ्चालन गर्ने बताउँदै सोका लागि सबै पक्षबाट सकारात्मक पहलको अपेक्षा पनि गरेको छ ।बुद्धिजीवी विचार मञ्च वाम विचारको साझा मञ्च मानिन्छ ।

प्रतिकृया दिनुहोस्

Flash News

सुस्ता गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष कांग्रेसले जित्यो नेपालले दुई खेलअगावै गुमायाे युगान्डाविरूद्धकाे शृंखला सैनामैनामा कांग्रेसका शर्माको अग्रता कायमै ‘ब्युटी प्याजेन्ट’ का नाममा याैन हिंसामा परेकी युवतीको पीडा- बेहोस बनाएर बलात्कार गरेका थिए काठमाडौंमा स्थापितभन्दा बालेन १० हजार बढी मतले अगाडि केन्द्रीय नेताले आफ्नै वडा र पालिका हारे अबदेखि जेठ १० गते नेपाल परराष्ट्र सेवा दिवस मनाइने दुःखीका दुई साक्षत ‘भगवान’ ! कर्णालीका कान्छा मेयर विष्णु भाम भन्छन्- छायाँनाथ रारालाई नमुना पालिका बनाउँछु ५७० पालिकाको सकियो मतगणना, कुन दलले कति पालिका जिते ? पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाको प्रमुखमा एमालेका गुप्ता निर्वाचित नवलपरासीको प्रतापपुर गाउँपालिकामा नेपाली कांग्रेसका मियाँ विजयी नेपाल टस जितेर बलिङ गर्दै संसद् बैठकमा उपस्थित हुन अर्थमन्त्री शर्मालाई सभामुखको निर्देशन छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा ६ जनाको मृत्यु तीन दिन मनाइने गणतन्त्र दिवस …जहाँ एमालेले लालकिल्ला जोगायो धरानमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ १४० मतले अगाडि कोभिड महामारीमा मानवीय उद्धारमा खटियो, गर्व लाग्छ: मेयर भुसाल कुटपिटबाट एक जनाको मृत्यु