ताजा अपडेट »

हार्दिक धन्यवाद तथा आभार

आइतबार, ०४ माघ २०७७, १७ : ५३
38 Shares

ग्लोबल आवाज अनलाइनको आयोजनामा सञ्चालित ‘प्रथम टेन स्टिल मिडिया कप फुटसल प्रतियोगिता–२०७७’ सफल रुपमा सम्पन्न भएको छ । शनिबार सम्पन्न प्रतियोगिता सभ्य र भव्य रुपमा सम्पन्न भएको प्रतियोगिताका विशेष निर्णायक समिति, रेफ्री, सहभागी संचारकर्मी लगाएत सरोकारवालाको भनाई रहेको छ । प्रतियोगितामा रुपन्देहीका १६ सञ्चारगृहका एक सय बढी सञ्चारकर्मी प्रतक्ष्य रुपमा सहभागी भएका थिए । त्यसैगरी प्रतियोगितामा महिला पत्रकारहरुको टोलीले पनि मैत्रिपूर्ण सहभागिता जनाउँदै प्रतिष्पर्धा गरेका थिए । सदैव निकै व्यस्त रहने पत्रकार झनै कोरोना महामारी र कहरबाट जुध्दै अगाडि बढेको अवस्था । यस्तो समयमा सञ्चारकर्मीहरुका लागि आयोजना गरिएको प्रतियोगिता भेटघाट र आपसी सद्भाव आदान–प्रदान गर्ने महत्वपूर्ण अवसर र स्थान बन्यो यसबाट हामी आयोजकको उद्देश्य पूरा भएको आभाष हामिलाई भएको छ ।

गत वर्षदेखि मात्रै सञ्चालनमा आएको ग्लोबल आवाजले कोरोना महामारी, लकडाउन र लामो समयदेखि पत्रकारको सामाजिक दूरीलाई मेटाउँदै विशेष भेटघाट र आपसी मेलमिलाप तथा सद्भाव बढाउने उद्देश्यले प्रतियोगिता आयोजना गरेको थियो । ग्लोबल मिडिया ग्रुप अन्तर्गत ग्लोबल सञ्चार गृहद्वारा सञ्चालित ग्लोबल आवाजले सञ्चालनको छोटो समयमा विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । जसअन्तर्गत सम्पन्न मिडिया कप फुटसल प्रतियोगिता वृहत र महत्वपूर्ण प्रतियोगिता हो । जुन सभ्य र भव्य रुपमा सफल समेत भएको छ ।

ग्लोबल आवाज यो प्रतियोगिताको आयोजक मात्र हो । यो प्रतियोगिता रुपन्देहीका सम्पूर्ण संचार गृह तथा आम संचारकर्मीहरुको साझा प्रतियोगिताका रुपमा सबैले ग्रहण गरेको हामीले महसुस गरेका छौ । यो प्रतियोगिताको आयोजना, सञ्चालन र सफल बनाउन धेरैको साथ, सहभागिता र भूमिका रहेको छ । प्रतियोगितालाई आर्थिक रुपमा प्रोत्साहन गर्ने विभिन्न उद्योग, व्यवसाय, संघसंस्था, सञ्चारगृह, सञ्चारकर्मी, शुभेच्छुकहरुो पूर्ण साथ सक्रियता, सहभागिता र सहयोगले प्रतियोगिता सभ्य र भव्य रुपमा सफल मात्रै होइन ऐतिहासिक पनि भएको महसुस गरेका छौं ।

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा सम्पन्न प्रतियोगितामा तीन सय बढी सञ्चारकर्मी जमघट हुनु, लामो समयसम्म सोही कार्यक्रममा रहेर सहभागी भई अवलोकन गर्दै दिनै व्ययतित गर्नु पत्रकारहरुका सवालमा अनौठो पनि हो । पत्रकारहरु विभिन्न कार्यक्रममा सहभागी हुन वा रिपोर्टिङका लागि दौडधूप गर्नै पर्ने पत्रकारहरुको कर्म नै हो । झनै शनिबार कार्यक्रमको संख्या बढी हुन्छ र पत्रकारलाई निकै चाप हुने गर्दछ । व्यस्त समयको बावजूद आफ्नो धेरै समय प्रतियोगिताका लागि खर्चिएर प्रतियोगितालाई सभ्य र भव्य रुपमा सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्ण सञ्चारकर्मीप्रति ग्लोबल आवाज कृतज्ञता ज्ञापन गर्दछ ।

प्रतियोगितामा सञ्चारगृहमा आवद्ध विभिन्न तह–तप्काका सञ्चारकर्मीहरुको उत्साहजनक सहभागिता रहयो । खेलाडीका रुपमा सहभागी हुने मात्रै नभई दर्शकका रुपमा पनि नयाँ पुस्ताका सञ्चारकर्मी देखि पुराना पुस्ताका अग्रज पत्रकारहरुको उल्लेख्य सहभागिता रह्यो ।क्लम, माइक, फेडर, माउस सित खेलिरहने सञ्चारकर्मीहरु फुटसल मैदानमा बलसित पनि गज्जबनै खेले । सहभागि मध्ये धेरैको प्रस्तुुती राम्रो र उत्कृष्ट रह्यो । सञ्चारकर्मीहरु खेलकूदमा कलम मात्रै चलाउँदैनन्, आवाज मात्रै बोल्दैनन्, परि आउदा उत्कृष्ठ खेल पनि खेल्दछन् भन्ने कुरा सावित गर्यो ।

‘स्वास्थ्यका लागि खेलकूद, राष्ट्रका लागि खेलकूद’ विभिन्न खेलकूद प्रतियोगिताको मुख्य नारा हो यो । खेलकूद मनोरञ्जन र स्वास्थ्य स्फूर्तिको लागि मात्रै नभई राष्ट्रको प्रतिष्ठा र गरिमा बढाउन पनि महत्वपूर्ण आधार हो । यस्तै नारा लिई विभिन्न संघसंस्था, तहले विभिन्न खेलका प्रतियोगिताहरु आयोजना गर्दछन् । तर, ती मध्ये केहीमा मात्रै वास्तविक खेलाडी र केही प्रतियोगिता मात्रै प्रभावकारी हुन्छन् । तर, ती खेल र प्रतियोगिताहरु बारे कलम चलाउने, आवाज उठाउने र सबैमाझ पुर्याउने सञ्चारकर्मीहरुका लागि भने खेलकूद प्रतियोगिता आयोजना गर्नेतर्फ धेरैको ध्यान पुगेको पाईदैन । यसै कुरालाई मनन गरी ग्लोबल आवाज अनलाइनले आयोजना गरेको यो प्रतियोगिता सार्थक बनेको छ । यसबाट हामीलाई सफलता मात्रै होइन, सन्तुष्टि र प्रेरणा समेत मिलेको छ ।

हामीले ल्याएको योजना, राखेको उद्देश्यलाई साकार र सफल बनाउन सहयोग गर्ने सह–आयोजक, मुख्य प्रायोजक, सह–प्रायोजकहरु, प्रायोजकहरु, टेलिभिजन पार्टनर, न्यूज पेपर पार्टनर, बैंक पार्टनर, निर्णायक समिति, समूह सहभागी गराउने सञ्चारगृहरु, प्रमुख अतिथि, सहभागी प्रतियोगीहरु, सहभागी सञ्चारकर्मीहरु, शुभेच्छुक लगाएत सम्पूर्णमा हार्दिक धन्यवाद तथा आभार प्रकट गर्दछौं । साथै प्रतियोगितामा भएका कमी कमजोरी बारे सल्लाह सुझावको आग्रहसहित आगामी दिनमा सहयोग, सहकार्य र सहभागिताको अपेक्षा अपेक्षा गर्दछौं । –प्रबन्ध सम्पादक

https://www.globalaawaj.com/archives/69855
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।