१८ मंसिर २०७९, आईतवार

Dec 4, 2022

कावासोती । बौदीकाली गाउँपालिका–३ र ४ का बासिन्दाले विद्युत्को काम छिटोभन्दा छिटो सम्पन्न गर्न माग गरेका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको पहाडी क्षेत्रमा पर्ने यी वडामा बिजुलीको पोल गाडेको दुई वर्ष बितिसक्दा पनि बिजुली पुग्न भने सकेको छैन । चालु आर्थिक वर्षको असोज मसान्तसम्म काम सम्पन्न गर्नुपर्ने भए पनि यहाँ काम अलपत्र परेको छ ।

Advertisement

विद्युतीकरणका लागि विसं २०७५ मा भौतिक पूर्वाधार विकास मन्त्राललय गण्डकी प्रदेशमार्फत रु एक करोड ८२ लाख १५ हजार ३९७ बजेट विनियोजन गरिएको थियो । विसं २०७६ माघ महिनादेखि यहाँ पोल गाड्ने काम शुरु भएको थियो । गत चैत महिनामा नै पोल गाड्ने काम अन्तिम चरणमा पुगेको भए पनि त्यसयता काम ठप्प हुँदा बिजुली बालेर उज्यालोमा बस्ने सपना देखेका यहाँका बासिन्दा निरास भएका छन् ।

गत वर्षको चैत महिनादेखि लकडाउन भएपछि काम रोकिएको थियो । अन्य ठाउँका विकास निर्माणका काम विगत चार/पाँच महिनादेखि नै सञ्चालन भइरहँदा यहाँको काम सञ्चालन हुन नसक्दा उज्यालोमा बस्ने स्थानीयवासीको आशा निराशामा परिणत भएको स्थानीय अगुवा कुलमणि ढुङ्गानाले बताए । “हामीले पटक–पटक स्थानीय र प्रदेश सरकारलाई यस विषयमा ध्यानाकर्षण गरायौँ तर कसैले पनि चासो देखाएका छैनन् । देशैभर विभिन्न विकास निर्माणका कामले गति लिँदा पनि यस गाउँमा विद्युत् प्राधिकरणको काम अलपत्र परेको छ । काम छिटो सम्पन्न गरेर हाम्रो समस्याको सामाधान गर्नुपर्यो”, ढुङ्गानाले भने ।

गाउँमा बत्ती आए धेरै सुविधा हुने, कुटानी पिसानीदेखि बत्ती बाल्न, टिभी हेर्न सजिलो हुने स्थानीयवासी कृष्णप्रसाद पराजुलीले बताए । उनका अनुसार विद्युत् नहुँदा कतिपयले गाउँ छाडेर गएका छन् । “विद्युत् नहुँदा युवा पनि गाउँबाट पलायन भएर अन्त गएका छन् । बिजुली भएको भए त गाउँमै केही गर्ने थिए होला नि ?”, पराजुलीले भने, “सिँचाइलाई पानीको पनि समस्या रहेकाले बत्ती आएको भए जेनेरेटरले खोलाबाट पानी तान्न पनि सजिलो हुने थियो, अरु सबै मेसिन चलाउन सजिलो हुने थियो तर बत्ती नहुँदा सबै कुरामा समस्या छ ।”

बौदिकाली गाउँपालिकाको वडा नं ३ र ४ मा करिब पाँच किलोमिटरको दूरीमा १५० वटा हाइटेन्सनका पोल गाडिएका छन् भने स्थानीय तहका करिब १५ किलोमिटरको दूरीमा ४०० पोल गाडिएको विद्युत् प्राधिकरण लेखनाथ वितरण केन्द्रका इञ्जिनीयर कविन्द्रकुमार झाले जानकारी दिए ।

चालु आवको असोज मसान्तसम्म बिजुली बाल्ने सम्झौता भएको भए पनि कोरोना सङ्क्रमणका कारणले रोकिएको झाले बताए । त्यसपछि अहिले डिस इन्सुलेटरको अभावले कामलाई अगाडि बढाउन नसकिएको उनको भनाइ छ । विद्युत् प्राधिकरण काठमाडौँले डिस इन्सुलेटरको व्यवस्थापन गरेपछि मात्र तनहुँबाट विद्युत् तार जडान गरी काम अगाडि बढाउन सकिने झाले बताए ।

प्रतिकृया दिनुहोस्

Flash News

माया लुहारका हत्या आरोपित सशस्त्र प्रहरी जवान पक्राउ मित्रपार्कमा खानेपानीको पाइपलाइन बिछ्याउन सडकमै खाल्डो, सवारी आवागमन प्रभावित पूर्वप्रहरीका सन्तानलाई विद्यालय र प्रहरी भर्ना छनोटमा प्राथमिकता दिइने पूर्वाधार बनाएर मात्रै प्रदेश राजधानी सार्न रुपन्देही कांग्रेसकाे माग सुर्खेतमा जिप दुर्घटना हुँदा ६ जना घाइते निर्वाध रूपमा रात्रीकालीन बजार सञ्चालन गर्न रुपन्देहीका हाेटल व्यवसायीकाे माग राप्रपा प्रवक्ता श्रेष्ठको नजरमा सरकार गठनमा माओवादीका ५ विकल्प हिजाब नलगाएपछि सरकारले भत्कायो इरानी आरोहीको घर सामाजिक सुरक्षामा तीस प्रतिशत आबद्ध इन्डोनेसियामा शक्तिशाली भूकम्प माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै गोकुल बास्कोटाको घरमा फेला परेको शंकास्पद वस्तु सेनाद्वारा निष्क्रिय उपमेयर डंगोलको निर्देशन: आकाशे पुल तत्काल मर्मत गर्नु, बार घटाएर पारदर्शी बनाउनू भूमि आयोगको सूचनापछि काठमाण्डौंमा थप आक्रामक बन्दै उपत्यका विकास प्राधिकरण नेत्रहीन टी-२० विश्वकपमा नेपाल, टोली आज भारत प्रस्थान हुँदै ठूला तीन दल खुम्चिदा नयाँ दुई दलको भयो उदय पहाडी क्षेत्रमा बदलीको सम्भावना सजिलो सहकारीको छैटौं अधिवेशन, अध्यक्षमा पुनः पोख्रेल बुटवल तथा सैनामैनाका यी स्थानमा आइतबार विद्युत अनियमित हुने (सूचनासहित) देवदहकी दिपा मृगौला रोगले पीडित, सहयोगका लागि परिवारको अपिल