१४ मंसिर २०७९, बुधबार

Nov 30, 2022

रुकुम । पुथाउत्तरगङ्गा गाउँपालिका-५ मा रहेको तमागर लघु जलविद्युत् आयोजनाका काम अहिलेसम्म पूरा हुन सकेको छैन । यसबाट आसपास क्षेत्रका ९०० घरधुरी प्रभावित भएका छन् । विसं २०६५/६६ मा निर्माण थालिएको उक्त विद्युत आयोजनाले अहिलेसम्म विद्युत् उत्पादन गर्न सकेको छैन ।

Advertisement

विद्युत् आयोजना निर्माण भएपछि बिजुली बाल्ने भनेर आशमा बसेका सबै अहिले दियोको भरमा बसिरहेका छन् । बिजुली बल्न नसक्दा गाउँपालिकाको वडा नम्बर ५ सँगै वडा नं १ र ६ का ती घरधुरी प्रभावित बन्न पुगेको वडा नं ५ का वडाध्यक्ष कालीप्रशाद रोकाले जानकारी दिए ।

उक्त विद्युत् आयोजना निर्माणको लागि एचए हाइड्रो पावरले रु दुई करोड २९ लाखमा जिम्मा लिएको थियो । कम्पनीले टर्वाइन, जेनेरेटर, यलसी बोर्ड, ट्रन्सफर्मरका साथै थोरै तार मात्र उपलब्ध गराएको थियो । पछिल्लो समय कम्पनीले काम अलपत्र छोडेर सम्पर्कविहीन बनेको छ । सामग्रीमा पनि खिया लागेर काम नलाग्ने अवस्थामा पुगेका छन् । गाउँमा स्थानीय सरकार गठन भएपछि भने स्थानीय सरकारले नै आयोजनाको पुनःनिर्माणको काम शुरुआत गरेको थियो ।

गाउँपालिका र वडाको बजेटबाट आयोजनाको मर्मत कार्यका साथै खिया लागेका सबै सामग्री फेरबदल गरिएको वडाध्यक्ष रोकाले जानकारी दिए । गाउँपालिकाको दुई आर्थिक वर्षको रु ६६ लाख र वडाको रु १० लाख गरी कूल रु ७६ लाखमा अलपत्र विद्युत् आयोजना निर्माणको काम सम्पन्न भएको वडाले जनाएको छ ।

लामो समयदेखि अलपत्र रहेको विद्युत् आयोजना पुनःनिर्माणको काम सकिएर गत साउन महिनामा परीक्षण पनि सम्पन्न भइसकेको थियो । सफलतापूर्वक परीक्षण सम्पन्न भएको विद्युत् आयोजनाको बिजुली गाउँमा विस्तारको तयारी गर्दै गर्दा बर्खे भेलले विद्युत् आयोजनाको मुहानै बगाएपछि फेरी आयोजना प्रभावित बनेको थियो ।

भेलाले मुहान बगाउनुका साथै नहर, ड्याम र हेमपाइप बगाएको थियो । अहिले वडाले फेरि पाइप मगाएको छ भने मर्मतको कार्य फेरि शुरु गर्ने जनाएको छ । विद्युत् आयोजनाको मर्मत कार्यपछि छिट्टै त्यहाँका नागरिकले बिजुली बाल्न पाउने वडाध्यक्ष रोकाले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

Flash News

तिलोत्तमामा औधोगिक ब्यापार मेलाको तयारी पूरा, ३ सय स्टल सहभागी हुँदै विकासका कामहरुमा राजनीतिक रँग नदिन छत्रकाेट गाउँपालिकाका अध्यक्ष पाण्डेकाे आग्रह गृहमन्त्री खाणकै गृहजिल्ला रुपन्देहीमा कांग्रेस शुन्य, कार्यकर्ता असन्तुष्ट समानुपातिकतर्फ कसको कति मत ? भ्रष्टाचार आराेपमा दाङका तत्कालिन प्रमुख डिभिजनल इन्जिनियर विरुद्ध मुद्दा दायर स्याङ्जा २ र बाजुरामा पुनः मतदान नहुने, गणना सुरु गर्न आयोगको निर्देशन लुम्बिनीका कर्मचारी आन्दोलित : बुटवलबाट रातारात कुम्लो पारेर राजधानी सार्न हुँदैन कर्णाली सरकार गठनका लागि शक्ति केन्द्र धाउँदै नेताहरु अतिक्रमण गरेर बनाइएका संरचना ३५ दिनभित्र हटाऊ : उपत्यका विकास प्राधिकरण पोलियो खोपको तयारीमा रहेकाे प्रहरी ट्रकमा आत्मघाती हमला, ३ जनाको मृत्यु प्रत्यक्षतर्फ महिला निर्वाचित नहुँदा सुदूरपश्चिममा समानुपातिक कोटाबाट संसद छिर्न चाहने पुरुषलाई समस्या १६५ निर्वाचन क्षेत्रमा १६१ को अन्तिम नतिजा सार्वजनिक, हेर्नुहोस कहाँ कसले जिते ? स्याङ्जामा सुन्तला उत्पादन वृद्धि भएपछि किसान उत्साहित अरबाज खान र जर्जियाको ब्रेकअप सोलुखुम्बुका एक हजार परिवार बिजुलीविहीन चीनको आणविक हतियार सन् २०३५ सम्ममा तीन गुणा बढी: अमेरिका भैरहवा आँखा अस्पतालमा अत्याधुनिक मोडुलर शल्यक्रिया कक्ष स्थापना गरिने १ करोड मतगणना हुँदा कुन दलको कति मत ? सुकुमवासी समस्या समाधान गर्न प्रधानमन्त्री कार्यालयले संयोजन गर्नुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई एक दर्जन निर्माण कम्पनी कालो सूचिमा पर्दा बुटवलको सडक अलपत्र पार्ने ठेकेदारलाई उन्मुक्ति