१७ चैत्र २०७९, शुक्रबार

Mar 31, 2023

बुटवल । रोटरी क्लब अफ भैरहवाले आफ्नो ५ औं स्थापना दिवस विभिन्न कार्यक्रम गरी सम्पन्न भएको छ । आईतबार आयोजित क्लबको ५ औं चार्टड नाइटमा बोल्दै रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ का गभर्नर राजीव पोखरेलले सामाजिक क्षेत्रका अगुवाहरुले स्वास्थ्य, शिक्षा लगायत विभिन्न क्षेत्रको विकासमा लगानी बढाउनुपर्ने बताए ।

Advertisement

उनले समाज रुपान्तरणका लागि रोटरीयनहरुको भूमिका महत्वपूर्ण हुने भन्दै उनीहरुले नयाँ नयाँ परियोजना ल्याउन र विकासको योजना बनाउन समेत आग्रह गरे । कार्यक्रममा वरीष्ठ समाजसेवी, उद्योगी एवम् रोटरी क्लब अफ भैरहवाका मानार्थ सदस्य नारायण प्रसाद अग्रवालले रोटरीयनहरुको अझै बढी योगदान देश र समाजले खोजिरहेको बताए । उनले क्लब स्थापना कालदेखि नै सामाजिक क्षेत्रमा अग्रसर रहेको दाबी गरे । क्लबका जिएसआर एजाज आलमले समाजको आवश्यकता अनुसार काम गर्दा सफल हुने बताए । क्लबले शिक्षा, स्वास्थ्य तथा सामाजिक क्षेत्रमा अग्रणी भूमिका खेलेको दाबी गरे ।

रोटरी क्लब अफ भैरहवा का अध्यक्ष शिवहरि शर्मा को अध्यक्षतामा भएको कार्यक्रममा सँस्थापक अध्यक्ष राज कुमार गुप्ता,रोटरी क्लब अफ बुटवल साउथ का अध्यक्ष प्रेम भुर्तेल, एजी हरि प्रसाद पौडेल, रोटरी क्लब अफ सेन्ट्रल बुटवल का अध्यक्ष बाबु राम भटटराई लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम सचिव कमल कोइरालाको सञ्चालन तथा आई पिपि मनिष भटटराईको स्वागतमा सम्पन्न भएको थियो । कार्यक्रममा २०७६ को एसईईमा सहभागी भई उतीर्ण भएका क्लबका सदस्यका छोराछोरीलाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा गौराङ्ग आचार्य, आदर्श राज रेग्मी, सार्थक सेन रहेका छन् ।

यसैबीच आईतबार क्लबले सिद्धार्थ बालगृहमा रहेका १९ बाल बालिकाहरुलाई न्यानो पोशाक (ट्रयाकशुट), स्पोर्टशुज तथा स्टेशनरी सामान प्रदान गरेको थियो । बालगृहमा आयोजित कार्यक्रममा रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ (नेपाल/भुटान) का गभर्नर राजिव पोखरेल, रोटरी क्लब अफ भैरहवा का जिएसआर एजाज आलम, क्लब का संस्थापक अध्यक्ष राजकुमार गुप्ता, रोटरी क्लब अफ भैरहवाका अध्यक्ष शिवहरी शर्मा सचिव कमल कोइराला, आई पिपि मनिष भटटराई, लगायतले सामाग्री हस्तान्तरण गरेका थिए । सो अवसरमा क्लब का अध्यक्ष शिव हरी शर्मा ले १३ हजार रुपैयाँ बालगृहकी सञ्चालिका कृष्णमाया गुरुङ्गलाई हस्तान्तरण गर्नु भएको थियो ।

बालगृहकी सञ्चालिका कृष्णमाया गुरुङले रोटरी क्लब अफ भैरहवा लगायतका विभिन्न संघसंस्थाको सहयोगले आवश्यक खाद्यान्न, मसलन्द लगायतका सामानको कमि नभएको भन्दै बालगृहका लागि स्थायी आश्रय स्थल अथवा जग्गा कुनै सहयोगी दाताले उपलब्ध गराइदिए भवन निर्माण गर्ने मनकारीहातहरु रहेको बताउँदै जग्गा उपलब्धताका लागि पहल गरिदिन आग्रह गरेकि थिईन् ।

प्रतिकृया दिनुहोस्

Flash News

कुनै विचार बोकेकालाई ‘वाइपास’ गरेर नेपाल पत्रकार महासंघ चल्दैन भैरहवामा मेयर कप चैत २२ गतेदेखि चलचित्र बिकास बोर्डका अध्यक्ष केसीको गुनासो : काम गर्न अधिकार नै छैन खसीबोका चोरी गर्ने र किन्ने तीनजना पक्राउ न्यायको पर्खाइमा प्रसूति महिला, श्रीमान फरार भएपछि शिशु र आमाको बिचल्ली नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनियताको शपथ सरकार विस्तारपछि नयाँ रेकर्ड बनाउने गरी काम गर्छौं : प्रधानमन्त्री खानेपानीमन्त्री अब्दुल खानले दिए राजीनामा उपनिर्वाचन : तनहुँ र बारामा २६ दल दर्ता पार्टीभित्र भागवण्डा नमिलेपछि काँग्रेसले बुझायो चार मन्त्रीको मात्रै नाम माल्टा पठाउने नाममा ठगी राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता, दिउँसो ३ बजेका लागि शपथको तयारी दाइजाे प्रथा र महिला हिंसाविरुद्ध मधेशमा सडक नाटक प्रदर्शन एकैदिन तोलामा एक हजार रुपैयाँ बढ्यो सुनको भाउ लुम्बिनीमा राष्ट्रिय मिडिया सम्मेलन : पत्रकारिताको भूमिका परिवर्तन गर्न मन्त्री शर्माको आग्रह मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु बिमा कम्पनीहरूले लाइसेन्स नवीकरण गर्नु नपर्ने कोरोना जोखिम बढेपछि भारतबाट फर्किने निगरानीमा, सीमामा कडाइ अमेरिकी डलरको भाउ स्थिर रहँदा युरो बढ्यो आईपीओ निष्कासन गर्ने प्रस्तावसहित आज कान्तिपुर टेलिभिजनको विशेष साधारणसभा बस्दै