१७ चैत्र २०७९, शुक्रबार

Mar 31, 2023

बुटवल । प्रथम प्रचण्ड थैव स्मृति नकआउट फुटबल प्रतियोगिता अन्तरगत सोमबार भएको खेलमा भैरहवा-११ र सराई एफसी पाल्पा विजयी भएका छन् । सिद्धेश्वर खेलमैदानमा भएको पहिलो खेलमा सम्पुर्ण एफसी सुपौलीलाई भैरहवा-११ र दोस्रो खेलमा सयपत्री युवा क्लबलाई सराई एफसीले समान २-१ गोल अन्तरले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको हो ।

Advertisement

पहिलो खेलमा भैरहवाका सुबिन बिकले खेलको ४४ औ मिनेटमा गोल गर्दै टिमलाई खाता खोलेका थिए । भैरहवाकै सरुण थापाले ५५ औ मिनेटमा अर्को गोल गरे । सम्पुर्णका कमल गुरुङले ६९ औ मिनेटमा सान्त्वना गोल गरेका थिए । भैरहवाका जितेश गुरुङ खेलमा म्यान अफ दी म्याचबाट पुरस्कृत भएका थिए ।

यसैगरी सोमबार नै भएको अर्को खेलमा सराई एफसी पाल्पाको जितमा अनिल गाहाले खेलको तेस्रो र ३९ औ मिनेटमा गोल गर्दै टिमलाई विजयी बनाएका थिए । भने खेलको अन्तिम मिनेटमा सयपत्रीका रोशन घतानेले सान्त्वना गोल गरेका थिए । खेलमा सराईका अनिल गाहा म्यान अफ दी म्याच घोषित भएका थिए ।

मंगलबार दुई वटा खेलहरु हुनेछन । बिहान पहिलो खेलमा नवएकता एफसी शिवपुर र केरवानी एफसी ढिकार तथा दोस्रो खेलमा चादनी एफसी दानापुर र फर्साटिकर एफसी फर्साटिकरका बिचमा खेल हुने प्रचार संयोजक कृष्ण कुमालले बताए । प्रतियोगिताको उपाधि विजेताले नगद ५५ हजार ५ सय ५५ रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने खेल संयोजक चक्र खड्काले बताए । यसैगरि उपविजेता टिमले नगद २५ हजार ५ सय ५५ रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । यसैगरि प्रतियोगितामा विधागत रुपमा खेलाडीहरुलाई समेत पुरस्कृत गरिने छ ।

प्रतिकृया दिनुहोस्

Flash News

नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनियताको शपथ सरकार विस्तारपछि नयाँ रेकर्ड बनाउने गरी काम गर्छौं : प्रधानमन्त्री खानेपानीमन्त्री अब्दुल खानले दिए राजीनामा उपनिर्वाचन : तनहुँ र बारामा २६ दल दर्ता पार्टीभित्र भागवण्डा नमिलेपछि काँग्रेसले बुझायो चार मन्त्रीको मात्रै नाम माल्टा पठाउने नाममा ठगी राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता, दिउँसो ३ बजेका लागि शपथको तयारी दाइजाे प्रथा र महिला हिंसाविरुद्ध मधेशमा सडक नाटक प्रदर्शन एकैदिन तोलामा एक हजार रुपैयाँ बढ्यो सुनको भाउ लुम्बिनीमा राष्ट्रिय मिडिया सम्मेलन : पत्रकारिताको भूमिका परिवर्तन गर्न मन्त्री शर्माको आग्रह मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु बिमा कम्पनीहरूले लाइसेन्स नवीकरण गर्नु नपर्ने कोरोना जोखिम बढेपछि भारतबाट फर्किने निगरानीमा, सीमामा कडाइ अमेरिकी डलरको भाउ स्थिर रहँदा युरो बढ्यो आईपीओ निष्कासन गर्ने प्रस्तावसहित आज कान्तिपुर टेलिभिजनको विशेष साधारणसभा बस्दै भारत पुगेर उपचार गराइरहेका क्यान्सर पीडित राईलाई १७ लाख जुट्यो माेटरसाइकल दुर्घटनामा २ जनाकाे मृत्यु जितगढीदेखि सुरु भयो ‘राइड टु रानीमहल सिजन-३’ ६ दशकपछि भरतपुर विमानस्थल स्तरोन्नति र विस्तार गरिँदै अब स्थानीय पालिकाबाटै पुनः श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृतिको आवेदन