१६ चैत्र २०७९, बिहीबार

Mar 30, 2023

भैरहवा । कृषि बजारलाइ आधुनिकिकरण गर्ने उद्देश्य सहित भैरहवामा आधुनिक कृषि भवन निर्माण हुने भएको छ । सामुदायिक कृषि बजार पुर्वाधार बिकास आयोजना अन्तर्गत भैरहवामा रहेको हाटबजार लाग्ने ठाउमा ब्लक बी अन्तर्गत आधुनिक भवन निर्माण सुरु भएको छ । सोमबार एक कार्यक्रमका बीच कृषि तथा पशुपन्क्षी बिकास मन्त्री घनश्याम भुसालले शिलान्यास गरेका छन्।

Advertisement

भएको छ । सोमबार एक कार्यक्रमका बीच कृषि तथा पशुपन्क्षी बिकास मन्त्री घनश्याम भुसालले शिलान्यास कार्यक्रममा बोल्दै मन्त्री भुसालले तुलनात्मक रुपमा बिकास निर्माणको काम राम्रो रहे पनि भैरहवाको हकमा यो प्रयाप्त नरहेको जिकिर गरे । मुलुककै दोश्रो ठूलो नाका, अन्तरास्ट्रिय बिमानास्थल, लुम्बिनी लगायतको कारण भैरहवाको बिकास तुलनात्मक रुपमा पछि परेको उनले बताए । यस क्षेत्रको बृहत् बिकासको लागि योजना बनाएर आउन उनले आग्रह गरे ।

अहिले ग्रामीण क्षेत्रको जनशक्तिले बिदेशमा श्रम खेर गरिरहेको जिकिर गर्दै उनले कृषिबाट नै बिदेशमा जाने शक्ति रोक्ने प्रयास थालेको बताए । यसको परिणाम आउन कम्तिमा ३ बर्ष लाग्ने र सो अवधिसम्म धैर्य भएर बसिदिन उनले आग्रह गरे । अहिले कृषि मन्त्रालयले ५ वटा नितिगत योजनाका साथ अगाडि बढेको भुसालले जानकारी दिए । कृषि उपज खरिद, यसको भण्डारण लगायतमा लगानी गरिने बताए । उनले यो बर्ष करिब २ लाख मेटि्रकटन भण्डारण गर्न सक्ने गरि तयारी गरेको बताए । उनले अहिले कृषि सामाग्रीलाइ स्थानियकरण गरिएको बताए ।

पालिकाहरुलाइ बलियो बनाएर मल बितरण, कृषी उपज संकलन लगायतको काम गर्न सक्ने गरि तयारी गरिएको बताए । २४ करोड २७ लाख ४८ हजार ४ सय ४९ रुपैया लागत अनुमान गरिएको भवन निर्माण गर्न बिकास एण्ड ब्रदर्स आत्रेय र बस्नेत जेभी सिनामङलले १६ करोड ३८ लाख १७ हजार २ सय ६० रुपैयामा ठेक्का पाएको छ । २०७९ साल असार १६ गते सम्मको म्याद भित्र निर्माण हुने उक्त ६ तल्ले भवनमा बेसमेन्टमा चिस्यान केन्द्र देखि आधुनिक कृषि बजार, रेस्टुरेन्ट, सिनेमा हल लगायतको सुविधा रहने सिद्धार्थनगर नगर पालिकाका मेयर हरि प्रसाद अधिकारीले जानकारी दिए ।

सिद्धार्थनगर नगर पालिका वडा नम्बर १३ म यस भन्दा अघि नै करिब १३ करोड लागतमा कृषि बजार निर्माणाधिन रहेको छ । सिद्धार्थनगर नगर पालिकाका प्रमुख हरि प्रसाद अधिकारीको अध्यक्षता एवम मन्त्री घनश्याम भुसालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पुर्व सभासद इस्तियाक अहमद खान, नेपाल उधोग बाणिज्य महासङका सदस्य महेन्द्र कुमार श्रेष्ठ लगायतले बोलेका थिए।

प्रतिकृया दिनुहोस्

Flash News

रुपन्देहीमा शुक्रबारदेखि ३ दिने बायोपिक चलचित्र कार्यशाला तिनाउमा एमालेको मिसन ग्रासरुट संघर्ष तथा सफलताका कथा लेखन सम्बन्धि अनुशिक्षण कांग्रेसले टुङ्गायो मन्त्रीको नाम (मन्त्रालय र नामावलीसहित) विकास साझेदारहरुसँग बुटवलको विकासबारे छलफल काँग्रेस त्यागेका स्वर्णिम वाग्लेले लिए रास्वपाको सदस्यता, तनहुँ १ को टिकट उनैलाई लुम्बिनी प्रदेश सांसदका स्वकीय सचिवः श्रीमान्, श्रीमती, छोरा, छोरी, भाइ, भतिज ! कांग्रेस छाडेको घोषणा गर्दै स्वर्णिमले भने- कांग्रेस दाइ-भाउजुको अक्षम गिरोहमा परिणत हुने क्रममा छ भैरहवामा तीनदिने फोटो पत्रकारिता तालिम सुरु उपनिर्वाचन : बारा, चितवन र तनहुँका लागि मुख्य निर्वाचन अधिकृत नियुक्त भारत भ्रमणमा नेपाली भूमिमाथि दाबेदारी प्रस्तुत गर्न प्रधानमन्त्रीलाई ओलीको सुझाव सोनालिकाको सिरिज–२ अन्तर्गतका कम्बाईन्ड हार्भेष्टरको विक्री सुरु कोटहीमाईको एघारौं गाउँसभा, चार कार्यविधि अनुमोदन सेयर बजार १०.८७ अंकले ओरालो ६ वर्षपछि फेरि संसार देख्ने भइन् चुम्फा नेपाली लागुऔषधहित ७ जना पक्राउ ज्ञानेन्द्र मल्लसहित पाँच क्रिकेटर सम्मानित (फाेटाे फिचर) कांग्रेसले चितवन–२ मा जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने मिटरब्याजी पीडितको माग सम्बोधन गर्न सरकारसँग कांग्रेसको माग कांग्रेसका मन्त्री छान्ने जिम्मा सभापति देउवालाई