१९ चैत्र २०७९, आईतवार

Apr 2, 2023

दाङ । लुम्बिनी प्रदेशमा आत्महत्या घटनाको डरलाग्दो विवरण सार्वजनिक भएको छ । प्रदेशका १२ वटै जिल्लामा बितेको चार महिनाको अवधीमा मात्रै पाँच सय बढि मानिसले आत्महत्या गरेको प्रहरीको तथ्याङकले देखाएको छ । चालु आर्थिक वर्षको साउन देखी कात्तिक मसान्त सम्म प्रदेशमा ५ सय १६ जनाले आत्महत्या गरेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । यो अवधीको तथ्याङकलाई हेर्दा प्रदेशमा दैनिक सरदर चार जनाले आत्महत्या गरेकोे देखिन्छ । चार महिनामा एक सय बिस दिन हुदा उक्त संख्यामा दैनिक चार जनाले आत्महत्या गरेको पाईन्छ ।

Advertisement

प्रहरीले दिएको विवरण अनुसार झुण्डिएर आत्महत्या गर्नेको संख्या सबैभन्दा धेरै रहेको छ । झुण्डिएर ४०७ जना, विषादी सेवन गरी १०३ जना, हामफालेर १ जना, पानीमा डुवेर ३ जना र आगो लगाएर २ जनाले आत्महत्या गरेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।आत्महत्या गर्नेमा महिला भन्दा पुरुषको संख्या धेरै छ ।

जसमा ३१० जना पुरुष र २०६ जना महिला रहेका छन् । यसरी हुने आत्महत्या आफैंमा पनि ठूलो अपराध भएको जानकारहरु बताउँछन् । तर पनि पारिवारिक बेमेल,सामाजिक तिरस्कार, जिवनमा असफलता, गरिवी,अशिक्षा, बढ्दो बेरोजगारी, मायाप्रेममा असफलता लगायतका विभिन्न कारणले आत्महत्याका घटना हुने गरेको उनीहरुको भनाई छ ।

दाङमा सबैभन्दा धेरै आत्महत्याका घटना

लुम्विनी प्रदेशका १२ वटा जिल्ला मध्ये दाङमा आत्महत्याका घटना धेरै हुने गरेको छ भने सबैभन्दा कम रुकुम पुर्वमा हुने गरेको पाईएको छ । प्रहरीको तथ्याङक अनुसार १२ वटा जिल्ला मध्ये दाङमा आत्महत्याको घटना धेरै हुने गरेको छ ।

बितेको चार महिनाको अवधीमा दाङमा महिला पुरुष गरी ९८ जनाले आत्महत्या गरेका छन् । यस्तैगरी रुपन्देहीमा ९०, कपिलबस्तुमा ५४, नवलपरासीमा ३५, बाँकेमा २३, बर्दियामा ४४, पाल्पामा २६, गुल्मीमा ४१, अर्घाखाचीमा २९, प्युठानमा ४४, रोल्पामा २६ र रुकुम पुर्वमा ६ जनाले आत्महत्या गरेको प्रहरीको तथ्याङकले देखाएको छ ।

साउनमा सबैभन्दा धेरै

वितेको चार महिनाको अवधीमा सबैभन्दा साउनमा आत्महत्याका घटना हुने गरेका छन् । प्रहरीको तथ्याङक अनुसार साउनमा १५६, भदौमा १३२, असोजमा १२९ र कात्तिकमा ९९ जनाले आत्महत्या गरेका छन् ।

विवाहित धेरै

आत्महत्या गर्नेमा अविवाहित भन्दा विवाहित मानिसहरुको संख्या धेरै रहेको छ । यो अवधीमा आत्महत्या गर्नेमा विवाहितको संख्या ३६४ रहेको भने अविवाहितको संख्या १५२ रहेको प्रहरीले बताएको छ । जसमा साउनमा पुरुष एक सय र महिला ५६, भदौमा पुरुष ७८ र महिला ५४, असोजमा पुरुष ६७ र महिला ६२ र कात्तिकमा पुरुष ६५ र महिला ३४ जनाले आत्महत्या गरेको प्रहरीको तथ्याङकमा उल्लेख छ ।

२६ देखि ४५ उमेर समुहका सबैभन्दा धेरै

प्रहरीले दिएको तथ्याङक अनुसार आत्महत्या गर्नेमा सवैभन्दा धेरै २६ देखी ४५ वर्ष उमेर समुहका रहेका छन् । यो उमेर समुहका महिलापुरुष गरी १५७ जनाले आत्महत्या गरेका छन् । यस्तैगरी १६ देखी २५ वर्ष उमेर समुहका महिला पुरुष गरी १५० जना, १६ बर्ष मुनिका बालकालिका ४३ जना, ४६ देखी ६० वर्ष उमेर समुहका ११९ जना र ६० वर्ष देखी माथीका ४७ जनाले आत्महत्या गरेका छन् ।

जनजाती समुदायका धेरै

प्रहरीले दिएको तथ्याङक अनुसार प्रदेशका १२ वटै जिल्लाको आत्महत्याको तथ्याङक हेर्दा समुदाय अन्तर्गत जनजाती समुदायका धेरै मानिसले आत्महत्या गरेको पाईन्छ । जसमा जनजाती समुदायका महिला पुरुष गरी २०२ जनाले आत्महत्या गरेका छन् । यस्तैगरी दलित समुदायका १०३, क्षेत्री ९३ , ब्राह्मण महिलापुरुष गरी ४५, मधेसीका महिला पुरुष गरी ५९, मुस्लिमका ८ र अन्य ६ जनाले आत्महत्या गरेका छन् ।

प्रतिकृया दिनुहोस्

Flash News

बुटवल-पाल्पा सडक दैनिक ९ घण्टा बन्द हुने उपसचिवसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर निजी विद्यालयको सेटिङमा एसईईमा व्यापक चिट चोरी रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन आरआर क्याम्पसमा २७ चैतमा स्ववियु निर्वाचन बारा- २ : हेभिवेट भिडन्तमा पूर्वमन्त्री पौडेललाई अघि सार्ने एमालेको तयारी राप्रपाले टुंग्यायो उपनिर्वाचनका उम्मेदवार रुकुममा ५ थान भरुवा बन्दुक बरामद दक्ष जनशक्तिको उत्पादनले मात्र विश्वबजारमा प्रतिस्पर्धा गर्न सकिन्छ : प्रधानमन्त्री कपिलबस्तुमा लागु औषधसहित २ जना पक्राउ काेशी नामाकरण बिरुद्व भईरहेकाे पहिचानवादीकाे आन्दाेलनलाई जसपाकाे समर्थन कोरोना संक्रमण बढ्न थालेपछि नियन्त्रणको तयारीबारे सांसदको चासो कामना सेवा विकास बैंकले गर्‍याे लाभांश घोषणा कांग्रेसले गर्‍यो नेताहरुमाथि लगाइएको कारबाही फुकुवा मिटरब्याजीको रकम राष्ट्रियकरण गर्न र पीडितलाई न्याय दिन संसदमा माग समाजसेवी सावित्री साहुको स्मृतिमा श्रीमान‍्ले राखे दुई लाखको अक्ष्यकोष कांग्रेसले बारा-२ मा उपेन्द्र यादवलाई समर्थन गर्ने डलरसँगै घट्यो युरोको भाउ, कतिमा हुँदैछ बिदशी मुद्राकाे खरिदबिक्री ? मोदी इनर्जीको आईपीओ बाँडफाँट राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री शिक्षण अस्पतालमा