१५ चैत्र २०७९, बुधबार

Mar 29, 2023

वीरगञ्ज । भारतमा निर्मित अगरबत्तीको १०० थान खाली खोल ल्याउँदा रु दुई लाख ५१ हजार जरिवाना गरेको सुन्दा अचम्भ लाग्छ, तर यो घटना सत्य हो ।

Advertisement

वीरगञ्ज महानगरपालिका-१६ बाइपासस्थित वैष्णो देवी मन्दिर नजिकै रहेको जय अम्बे टे«ड एण्ड जेनरल अर्डर सप्लायर्सका दीपक भन्ने कामदारले रु ५०० मूल्य बराबरको अगरबतीको १०० खाली खोल ल्याउँदा सो कम्पनीले रु दुई लाख ५१ हजार जरिवाना तिर्नुपरेको छ । सो सप्लायर्स नीरजकुमार गुप्ताको नाउँमा दर्ता भएको छ ।

बुधबार जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत विनयकुमार श्रीवास्तवको नेतृत्वमा गएको टोलीले सो फर्ममा छापामार्दा उक्त मूल्य बराबरको भारतको बैंग्लोरमा रहेका निल पर्फुमरी वर्कसमा निर्मित केवडा, चम्पा र रजनीगन्धा नाम गरेको अगरबतीको खाली खोल बरामद गरेको थियो ।

स्थानीय केही अगरबत्ती बनाउने कम्पनीले भारतमा निर्मित चर्चित अगरबत्तीको खाली खोल ल्याएर त्यसभित्र स्थानीयस्तरमा उत्पादित अगरबत्ती प्याकिङ गरी बिक्री वितरण गरिहरेको सूचनाको आधारमा सो फर्ममा छापामार्दा अगरबत्तीको खाली खोल भेटिएकाले जरिवाना गरिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्साका नायब सुब्बा दिलीप खंग खत्वेले बताए ।

अनुगमन टोलीले उक्त फर्मलाई उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ को खण्ड (ड) बमोजिम उपभोक्तालाई ढाटेर, झुक्याएर बिक्री गरेको कसुरमा सोही ऐनको दफा ३९ को खण्ड (घ) बमोजिम २ लाख ५१ हजार जरिवाना गरिएको बताइएको छ ।

टोलीमा नायब सुब्बा नारायणप्रसाद आचार्य, घरेलु तथा साना उद्योग कार्यालयका नासु अशोक पाण्डे, उपभोक्ता हित संरक्षण मञ्च प्रदेश नं २ का अध्यक्ष केसी लामिछाने, वीरगञ्ज महानगरपालिकाका अजित भुजेल, जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षण पुष्कर भण्डारीको सहभागिता थियो ।

यस सम्बन्धमा थप जानकारीका लागि फर्मका प्रोप्राइटर नीरजकुमार गुप्तासँग सम्पर्क गर्दा हामीसँग खरिद गरेको भ्याट बिललगायत आवश्यक सबै कागजात भए पनि पसल बाहिर रहेका कामदारसँग सो अगरबत्तीको खाली खोल समातेकाले यसमा आफ्ुनो संलग्नता नरहेको दाबी गरे ।

यसैबीच जिल्ला प्रहरी कार्यालय पर्साबाट खटेको घुमुवा प्रहरी टोलीले मीनाबजारको टांगा स्टेण्डमा रहेको राजकुमार प्रसादको गोदाममा प्रहरीले छापामारी तस्करी भई आएका करिब १६ बोरा प्याज नियन्त्रणमा लिएको छ । भारतले अन्य देशमा प्याज निकासीमा रोक लगाएपछि अहिले भारतीय बजार रक्सौलबाट क्यारियरमार्फत तस्करीका प्याज वीरगञ्ज बजारमा आउने गरेका छन् ।

प्रतिकृया दिनुहोस्

Flash News

निजी क्लिनिकमा सरकारी चिकित्सकले नाम प्रयोग गर्न नपाउने, मन्त्रालयले जारी गर्यो निर्देशन ह्वाट्सएप लगायत अनलाइनबाट ठगी गर्ने चिनिया नागरिकसहित १९ जनालाई पक्राउ गरी सार्वजनिक रुपन्देहीको तिलोत्तमाबाट मोटरसाइकल चोरी गर्ने २ युवा पक्राउ युट्युब र टिकटकसँग टेलिभिजन डराउने हैन : ओली सत्तागठबन्धनमा मिल्यो भागबन्डा, काँग्रेसलाई ८ मन्त्रालय बुटवल १५ मा ३१ जना किसानलाई मकैको बीउ वितरण ६१ वर्षीया महिलामाथि बलात्कार आरोपमा रुपन्देहीका १८ वर्षीय युवासहित २ जना पक्राउ सलह जस्तै अर्थतन्त्रमा अलक्षिन पस्यो : एमाले अध्यक्ष ओली बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी रिब्दिकोटको कान्ताश्रममा चैते दशैमा सरायनाच एकीकृत समाजवादीले स्विकृत गर्‍यो न्यौपाने र जंगलीको राजिनामा प्रचण्ड सरकारमा एकीकृत समाजवादीवाट प्रकाश ज्वालाले नेतृत्व गर्ने ऋण लिँदा लिने शुल्कका बारेमा राम्रोसँग बुझाैं: केन्द्रीय बैंक चैत्रभित्रै स्ववियू निर्वाचन गराउने सहमतिपछि खुल्यो क्याम्पसको ताला पशुपति मन्दिर परिसरमा पलास्टिक लैजान निषेध टाइगर बनाम पठानमा शाहरुख र सलमानको द्वन्द्व अभिनेत्री शोभितासँग डेटमा नागा साइकलबाट लडेर एकजनाको मृत्यु नेपालको संघीय प्रणाली विश्वकै निम्ति उदाहरण बन्न सक्छ : प्रधानमन्त्री मिटरब्याजी पीडितको न्यायका लागि रुलिङको माग