ताजा अपडेट »

हावाबाट बिजुली उत्पादनको सफल परीक्षण

शुक्रबार, १२ मंसिर २०७७, ११ : ३८
6 Shares

दाङ । दाङको कोइलाबास नाकामा हावाबाट बिजुली उत्पादनको सफल परिक्षण भएको छ । लामो समयदेखि विद्युत्को पहुँचबाट वञ्चित कोइलाबासमा विद्युतको सहज व्यवस्थापनको लागि पहिलो चरणमा गरिएको परीक्षण सफल भएको हो । विद्युत उत्पादनका लागि २०० फिट अग्लो टावर निर्माण गरे पश्चात ट्रान्समिटर जडान गरेर परीक्षण प्रकृया गरिएको हो ।

कोइलाबासलाई ब्यबस्थित गर्ने क्रममा यो ठाँउमा हावाबाट बिजुली उत्पादन गरी घरघरमा बितरण गरी झलमल्ल बनाउने अठोटका साथ काम गरिएको गढवा गाँउपालिकाका अध्यक्ष सहजराम यादव बताए । हावाबाट बिजुली उत्पादन गर्ने काम पहिलो चरणमा सफल भएको जानकारीसहितको पत्र गढवा गाँउपालिकामा आएको गढवा गाँउपालिका वडा नं. ८ का वडा अध्यक्ष सद्दाम सिद्धिकिले जानकारी दिए । कोइलाबास क्षेत्रका नागरिकलाई लक्षित गरी २४सै घन्टा विद्युत आपुर्ती गर्न हावाबाट बिद्युत उत्पादनको लागि काम सुरु गरिएको अध्यक्ष सिद्धिकिले बताए ।

हावाबाट बिजुली उत्पादन हुने भएपछि बर्षाैदेखि झेल्दै आएको समस्या अब समाधान हुने भन्दै कोईलाबासका स्थानीय उत्साहित छन् । बिजुली उत्पादन हुँदा यस ठाँउलाई राम्रो हुने गढवा उद्योग बाणिज्य संघका अध्यक्ष रबिलाल आचार्यले बताए । विद्युत उत्पादन भएपछि करिव २५० घरधुरी लाभान्बित हुनेछन । हावाबाट विद्युत उत्पादन गर्ने काम सफलतापूर्बक सम्पन्न गर्न सके यस ठाँउका नागरिकहरु लाभान्वित हुन्छन् भन्नेमा दुई मत छैन ।

सुमन केसी
लेखकको बारेमा
सुमन केसी