८ आश्विन २०८०, सोमबार

Sep 25, 2023

सांकेतिक तस्विर

दाङ । दाङमा बन्दुकको गोली लागेर एक जना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा बंगलाचुली गाउँपालिका २ का २७ बर्षीय भोजबहादुर घर्ती रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । मंगलबार राति करिब साढे ८ बजेतिर सोही ठाउँका अर्का टोपबहादुर घर्ती र भोजबहादुर परामुनी सोतामा बन्दुक लिइ कालिजको सिकार गर्न जाने क्रममा भिरबाट लड्दा टोपबहादुरले बन्दुक लिने क्रममा बन्दुक पड्किदाँ भोज बहादुरको पेटभन्दा माथि गोली लागेर घटनास्थल मै मृत्यु भएको जिप्रका दाङका प्रवक्ता एवं डिएसपी सुमित खड्काले जानकारी दिए ।

त्यसैगरी प्रहरीले टोपबहादुरलाई नियन्त्रणमा लिइ मुलुकी अपराध संहिता ऐन २०७४ को कर्तब्य ज्यान कसुरमा मुद्दा दर्ता गवरी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । त्यसैगरी प्रहरीले दाङको घोराहीबाट जुवा खेलीरहेको अवस्थामा साढे २ लाख बढि रुपैयाँसहित ७ जनालाई पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका १६ नमुना टोलमा जुवा खेलिरहेको भन्ने गोप्य सूचनामा आधारमा जिप्रका दाङबाट गएको प्रहरी टोलीले २ लाख ६८ हजार ३१५ रुपैयाँसहित ७ जना र लाई पक्राउ गरेको प्रवक्ता खड्काले जानकारी दिए । उनीहरुलाई मंगलबार पक्राउ गरेको प्रहरीले जनाएको छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

रोल्पामा बस दुर्घटना, तीन जना घाइते डेंगु संक्रमणबाट थप एकको निधन  चाँंगुको शिक्षाको विकासका लागि जेल जानुपरे सबैभन्दा पहिला म जान्छु : मेयर जीवन खत्री युवती बलात्कार आरोपमा बालक पक्राउ एसियाली खेलकुद : महिला क्रिकेटको उपाधि भारतलाई ड्रोनबाट ब्यानर उडाएर एमाले बागमती प्रदेश अधिवेशन सुरु सुशासन समृद्धि र भ्रष्टाचार कोरिया नेपाल बहुप्राविधिक शिक्षालय बुटवल-१२ तामनगरमा वेल्डिङ व्यवसाय तालीम सुरू विदेशमा नेपालीमा आत्महत्या र डिप्रेसनको डर लाग्दो समस्या बालुवा उत्खनन गर्ने १० ट्याक्टर प्रहरी नियन्त्रणमा पर्सामा ३२ किलो चरेससहित एक जना पक्राउ लागूऔषधसहित पाँचजना पक्राउ लम्पी स्किन भ्याक्सिनमा कालोबजारी, ८० रुपैयाँको खोप १७२ मा बेच्दै लोटस भेट अभियन्ताहरू बोलाउँदा आएनन्, उहाँहरूको नेतासँग वार्ता गर्नुपर्ने हो ?: बालेन नेपाल र चीनबीच १३ बुँदे समझदारीमा हस्ताक्षर प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो प्रधानमन्त्री प्रचण्डद्वारा चीनको राष्ट्रिय स्मारकमा पुष्पगुच्छा अर्पण अप्पर लोहोरे खोला हाइड्रोपावरको आईपीओ सूचीकृत, कारोबार सुरु विदेशबाट आएको रकम शाइन बैकको मोबाइल बैंकिङ्ग एपबाटै बुझ्न सकिने सुनचाँदीको मूल्य स्थिर