ताजा अपडेट »

रुपन्देहीको सैनामैनामा टिका थाप्न मामाघर आएका भान्जाले गरे आत्महत्या

विहीबार, १३ कार्तिक २०७७, १५ : २२
2 Shares

बुटवल । रुपन्देहीको सैनामैनामा दशैंको टिका लगाउन मामाघर आएका एक युवाले झुण्डिएर आत्महत्या गरेका छन् । सैनामैना-८ रामापुर स्थित एक घरमा डेरा गरी बस्ने मामा मन्सा गिरिको घरमा दशैको टिका लगाउन आएका ३२ वर्षिय दामु गिरिले आत्महत्या गरेका हुन् ।

लुम्बिनी प्रदेश प्रहरी दाङ कार्यालयले दिएको जानकारी अनुसार गुल्मी धुर्कोट गाउँपालिका–७ वाग्लाका दामुले वुधबार झुण्डिएर आत्महत्या गरेका हुन् । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।