२१ असार २०७९, मंगलवार

Jul 5, 2022

वाग्मती । प्रदेश प्रहरी कार्यालयले नजिकिँदै गएको बडादशैँलगायत अन्य चाडपर्वलाई लक्षित गरी थप व्यवस्थित सुरक्षा योजना अघि बढाएको छ । बडादशैँ, तिहार, नेपाल संवत्, ल्होसार, छठलगायत पर्वमा हुन सक्ने सम्भावित चोरी ठगी तथा अपराधिक क्रियाकलापलाई निरुत्साहित पर्ने उद्देश्यले चाडपर्व लक्षित सुरक्षा योजना अघि बढाइएको हो ।

Advertisement

जसका लागि प्रदेशका १० जिल्ला (काठमाडौँ ललितपुर र भक्तपुरबाहेक) प्रदेश प्रहरी कार्यालय मातहतका सबै प्रहरी युनिटलाई चुस्तदुरुस्त बनाइएको प्रदेश प्रहरी कार्यालयका प्रवत्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक सुदीप गिरीले जानकारी दिए ।

प्रदेश प्रहरी कार्यालय मातहत रहेका सबै जिल्ला प्रहरी कार्यालय, सबै ट्राफिक प्रहरी कार्यालय र दङ्गा प्रहरी गण कार्यालयसहित सबै प्रहरी युनिट शान्ति सुरक्षा कायम गर्न जिम्मेवारी दिइएको छ । प्रदेशका १० वटा जिल्लामा चाडपर्व लक्षित गरी करिब थप ३०० सुरक्षाकर्मी जिल्ला/जिल्लामा पठाइसकिएको प्रदेश प्रहरी कार्यालय, वाग्मतीले जनाएको छ । सबै जिल्ला र आवश्यकताका आधारमा विभिन्न स्थानमा यात्रु सहायता कक्षको स्थापनासमेत गरिएको हो ।

उक्त सुरक्षा योजनाअन्तर्गत चोरी ठगीलगायत आपराधिक क्रियाकलाप नियन्त्रण, सार्वजनिक सवारी साधनमा निर्धारित भाडादर लागू भए नभएको अनुगमन, राजमार्गमा हुन सक्ने दुर्घटना न्यूनीकरण र समयमै उद्धार गरिनेजस्ता योजना छन् । वाग्मती प्रदेश प्रहरी कार्यालय मातहतका सबै प्रहरी युनिटमा गरी करिब चार हजार ५०० सुरक्षाकर्मी कार्यरत रहेको प्रदेश प्रहरी कार्यालय, वाग्मतीले जनाएको छ ।

कोरोना बिरामी बोक्ने एम्बुलेन्स चालकलाई थप प्रोत्साहन भत्ता
वाग्मती प्रदेशअन्तर्गत मकवानपुर जिल्लाका एम्बुलेन्स चालकले कोभिडका बिरामी बोकेबापत थप प्रोत्साहन भत्ता लिन पाउने भएका छन् । जिल्ला प्रशासन कार्यालय मकवानपुरमा आज प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालको अध्यक्षमा भएको जिल्ला एम्बुलेन्स सञ्चालन तथा समन्वय समितिको बैठकबाट यस्तो निर्णय भएको हो ।

मकवानपुरबाट काठमाडौँ बिरामी लिएर जाने चालकलाई थप रु एक हजार र चितवन जाने चालकलाई थप रु ५०० साविकको भाडा दरमा थप गरी लिनेसक्ने गरी निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिए । सो थप गरिएको प्रोत्साहनबापतको रकम कोभिडका बिरामी बोकका एम्बुलेन्स चालकले मात्र लिन पाउने छन् । साविककै भाडादर कायम रहने गरी कोभिडका बिरामी बोकेबापत चालकले थप प्रोत्साहन भत्ता भाडादरमा जोडेर लिन पाउने गरी निर्णय गरिएको हो ।

बैठकमा सहभागी जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले कोभिडका बिरामी बोक्ने एम्बुलेन्स चालकको समस्यालाई मध्यनजर गर्दै प्रोत्साहन भत्ता लिन सक्ने गरी निर्णय गरिएको जानकारी दिए । जोखमको असहज परिस्थितिलाई मध्यनगर गर्दै भएको सो निर्णयले एम्बुलेन्स चालकलाई ऊर्जा मिलेको एम्बुलेन्स चालक सङ्घका सचिव राजु मुक्तानले जानकारी दिए ।

समितिको यसअगावैको निर्णयअनुसार हेटौँडाबाट काठमाडौँ रु सात हजार ५००, हेटौँडाबाट चितवन रु तीन हजार, हेटौँडाबाट वीरगञ्ज रु दुई हजार, हेटौँडा बजार चार किल्लाभित्र रु ३०० र नगर बाहिर रु ३०० सहित प्रतिकिलोमिटर रु २५ मूल्य निर्धारण गरिएको थियो । यस जिल्लामा कूल ३१ वटा एम्बुलेन्स सञ्चालनमा रहेका छन् ।

प्रतिकृया दिनुहोस्

Flash News

नगरपालिकाको सार्वजनिक सुनुवाइमा जम्मा ३ जना सर्वसाधारणको सहभागिता ! नागरिकता विधेयक : पुरानो फिर्ता, नयाँ संशोधन विधेयक पेस गर्ने कप्तान रेनुकाले साफ च्याम्पियनसिप गुमाउने नेप्से परिसूचक ४६ दशमलव शून्य ८ अंकले घट्यो तानसेनलाई १३औं राष्ट्रपति रनिङ शिल्ड उपाधि भेरी अस्पतालमा चिकित्सकको दादागिरी, महिना नपुग्दै अग्रिम हाजिरी : ‘स्वास्थ्य मन्त्रालयको संरक्षण’ १५ दिने सुन चाँदीका गहना बनाउने तालिम एक चौथाईले घट्यो लुम्बिनीको आन्तरिक आय, दानपेटिकामा भारतीय र नेपाली मुद्रा मात्र एकै परिवारका ६ जनाकाे हत्यामा संलग्न चार जनालाई आजीवन कारावास लुम्बिनी प्रदेशबाट रोजगारका लागि दैनिक ४ सय बढी युवा विदेशिन बाध्य सुख्खा पहिरोमा पुरिएर अमृताको मृत्यु अमेरिकामा गोलीकाण्ड : हजारौंको मृत्यु रामेछाप बस दुर्घटनामा मृत्यु हुनेमध्ये ८ जनाको सनाखत केरा खेतीले दियो नसोचेको सफलता जेष्ठ नागरिक, एकल महिला तथा अपाङ्गलाई सम्मान प्रधानमन्त्री देउवाद्वारा गिरिजाबाबुको अर्धकदको शालिक अनावरण लुम्बिनी सरकार: १९ दिनमा करिब ५ अर्ब खर्च रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो, घाइतेको हेलिकप्टरबाट उद्धार अस्ट्रेलियामा बाढीः सिड्नीका ५० हजार जनालाई घर छाड्न भनियो छुट्टाछुट्टै स्थानमा अवैध लागूऔषधसहित सात जना पक्राउ