१५ चैत्र २०७९, बुधबार

Mar 29, 2023

भैरहवा । नेपालको लागि दक्षिण कोरियाली अटो निर्माता कियाको अधिकृत विक्रेता कन्टिनेन्टल ट्रेडिङ्ग इन्टरप्राइजेज प्रालिले भैरहवा क्षेत्रमा किया कारको बिक्री, वितरण र बिक्रि पछिको सेवाको जिम्मा (डिलरशिप) मोर गु्रप अन्तरगतको बरुण मोटर्सलाई दिएको छ । यस ग्रुप खनिज, वैंक तथा वित्त उत्पादनमूलक, खाद्यान्न, साथै रियल स्टेट क्षेत्रमा समेत ख्याती कमाएको व्यावसायिक घराना हो र यो गु्रपले तीनवर्ष अघि अटोमोबाइल क्षेत्रमा समेत प्रवेश गरेको थियो ।

Advertisement

गु्रपका अध्यक्ष रमेश कुमार अग्रवाल भैरहवा क्षेत्रका विभिन्न सामाजिक र व्यापारिक संस्थाहरुमा अग्रणी व्यक्तित्वका रुपमा रहेका छन् । व्यवसाय अहिले ग्रुपका निर्देशक द्धय राहुल अग्रवाल र बरुण कुमार अग्रवालले हेर्दै आएका छन् । ग्रुपले भैरहवामा कियाको बिक्री बितरणको जिम्मा लिए पछि कियाका साथ आफूहरु गुणस्तरमा उपल्लो तहकोे ब्राण्डसँग जोडिएको छ । बरुण मोटर्सले कियाका सबै ब्राण्डहरुका कारहरु बिक्री गर्ने मात्र नभई बिक्री पछिका सबै सेवाहरु प्रदान गर्ने र आधुनिक सर्भिस सेन्टर समेत उपलब्ध रहेको अध्यक्ष अग्रवालको भनाई छ । कियाका कारहरु बिक्री बितरणको जिम्मासंगै बरुण मोटर्सले कियाको लोकप्रिय एसयुभी सेल्टोस, सोनेट र स्र्पोटेजको बिक्री, बितरण तथा प्रबद्र्धन कार्य समेत सरु गरेको निर्देशक राहुल अग्रवाल बताउछन्।

भैरहवा बजारमा सेल्टोस
अहिले मुख्य रुपमा सेल्टोस विश्व अटो बजारमा निकै लोकप्रिय बन्दै गएको छ । सेल्टोस कियाको भारतमा उत्पादन भई नेपाल भित्रिएको पहिलो गाडी हो । यसअघिका कियाका गाडीहरु कोरियाबाटै आयात हुन्थे । कियाले सन् २०१९ मा भारतमा प्लान्ट राखेर उत्पादन सुरु गरेको हो । सेल्टोस भारतीय बजारमा प्रवेश गरेको १० दिनमै सर्वाधिक बिक्री हुने मिड– एसयुभि बन्न सफल भएको थियो । भारत ६ इन्जिन जडित सेल्टोस कियाको ग्लोवल मोडल हो । यसले विश्वभरका मिड एसयुभि पारखीहरुबाट उत्साहजनक प्रतिक्रिया पाएको र भैरहवा क्षेत्रमा पनि धेरैले मन पराईसकेको र अहिले सम्म २० वटा बुकिंग भैसकेको छ ।


भारतमा सेल्टोस धेरै लोकप्रिय भैसकेको छ र नेपालमा पनि धेरैले रुचाएको मध्ये एक हो । भारतमा ११ महिनामै १ लाख भन्दा बढी सेल्टोस र सोनेट कार बिक्री भएका थिए । सेल्टोसमा १० इञ्चको स्क्रिन, बोस म्युजिक सिष्टम, फ्रन्ट र व्याक एलईडी लाइट, एअर प्युरिफायर, डि कट स्टेरींग, युभि ग्लास, भेन्टीलाटेड सीट र अन्य बिशेषता रहेको कम्पनीका प्रतिनिधि रबि जिसीले बताए ।
अन्य कम्पनीका ज्यादै महङ्गो गाडीहरुमा रहेका प्राय सबै बिशेषताहरु यो गाडीमा रहेको र मुल्य समेत अन्यको तुलनामा कम रहेकोले यसमा सबैको आकर्षण बढेको छ । भारतमा निर्माण भएकाले यसका सामानहरु सुपथ मुल्यमा बजारमा पाईने भएकाले झन सजिलो हुने छ र सर्भिस सेन्टरमा २४ घन्टानै सेवा उपलब्ध हुनेछ ।

प्रतिकृया दिनुहोस्

Flash News

निजी क्लिनिकमा सरकारी चिकित्सकले नाम प्रयोग गर्न नपाउने, मन्त्रालयले जारी गर्यो निर्देशन ह्वाट्सएप लगायत अनलाइनबाट ठगी गर्ने चिनिया नागरिकसहित १९ जनालाई पक्राउ गरी सार्वजनिक रुपन्देहीको तिलोत्तमाबाट मोटरसाइकल चोरी गर्ने २ युवा पक्राउ युट्युब र टिकटकसँग टेलिभिजन डराउने हैन : ओली सत्तागठबन्धनमा मिल्यो भागबन्डा, काँग्रेसलाई ८ मन्त्रालय बुटवल १५ मा ३१ जना किसानलाई मकैको बीउ वितरण ६१ वर्षीया महिलामाथि बलात्कार आरोपमा रुपन्देहीका १८ वर्षीय युवासहित २ जना पक्राउ सलह जस्तै अर्थतन्त्रमा अलक्षिन पस्यो : एमाले अध्यक्ष ओली बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी रिब्दिकोटको कान्ताश्रममा चैते दशैमा सरायनाच एकीकृत समाजवादीले स्विकृत गर्‍यो न्यौपाने र जंगलीको राजिनामा प्रचण्ड सरकारमा एकीकृत समाजवादीवाट प्रकाश ज्वालाले नेतृत्व गर्ने ऋण लिँदा लिने शुल्कका बारेमा राम्रोसँग बुझाैं: केन्द्रीय बैंक चैत्रभित्रै स्ववियू निर्वाचन गराउने सहमतिपछि खुल्यो क्याम्पसको ताला पशुपति मन्दिर परिसरमा पलास्टिक लैजान निषेध टाइगर बनाम पठानमा शाहरुख र सलमानको द्वन्द्व अभिनेत्री शोभितासँग डेटमा नागा साइकलबाट लडेर एकजनाको मृत्यु नेपालको संघीय प्रणाली विश्वकै निम्ति उदाहरण बन्न सक्छ : प्रधानमन्त्री मिटरब्याजी पीडितको न्यायका लागि रुलिङको माग