७ चैत्र २०७९, मंगलवार

Mar 21, 2023

भैरहवा । “स्वस्थ्य तथा सम्पदाको प्रर्वद्धनको लागी साईकल यात्रा” भन्ने नारा सहित जेसीआई सिद्धार्थको आयोजनामा हुने साईकल यात्रामा भाग लिन विश्व साईकल यात्री पुष्कर शाह भैरहवा आउने भएका छन् । साईकलमै ७ पटक विश्व भ्रमण गरेका शाहले जेसीजद्वारा आयोजित साईकल यात्रामा पनि भाग लिन भैरहवा आउने भएका हुन् ।

Advertisement

जेसीआई सिद्धार्थको आयोजनामा यहि शनिबार भैरहवा देखी त्रिवेणी धाम सम्म साईकल यात्रा गर्दैछ । सोही यात्रामा शाहले पनि सहभागीता जनाउने आयोजकले जानकारी दिएका छन् । यस क्षेत्रका रहेका रामग्राम स्तुपा, त्रिवेणी धाम, गजेन्द्रमोक्ष धाम सहित अन्य सम्पदाहरु बारे प्रवद्र्धन गर्न साईकल यात्रा आयोजना गर्न थालिएको जेसीआई सिद्धार्थका अध्यक्ष मंगल भण्डारीले जानकारी दिए । कार्यक्रमबारे जानकारी दिने उद्देश्यले भैरहवामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सम्पदा परिचय संगै स्वास्थ्य र वातावरण संरक्षणमा पनि साईकल यात्राले महत्वपूर्ण भूमिका खेल्ने हुदा साईकल यात्रामा जोड दिईएको बताए ।

यात्रामा भैरहवा, बुटवल, सैनामैना, तिलोत्तमा गरी १ सय बढी साईकल यात्रीले सहभागीता जनाउने कार्यक्रम संयोजक सागर पोखरेलले जानकारी दिए । उनले भैरहवाको बुद्धचोकबाट शनिबार बिहान साढे ५ बजे सुरु हुने साईकल यात्रा नवलपरासीको रामग्राम स्तुपा, भुमहि, बर्दघाट हुदै त्रिवेणीको गजेन्द्रमोक्षधाम पुगेर समापन हुने जानकारी दिए ।

पछिल्लो समय साईकलमा यात्रा गर्नेहरु बढने क्रम रहेको हुदा साईकल यात्रा सम्बन्धि यस्ता आयोजनाले उनिहरुको हितमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने साईकल सिटी भैरहवाका अध्यक्ष सुर्य सारु मगरले जनाए । उनले अहिले साईकल लेन नभएको अवस्थामा स्थानीय सरकारसँगै संघीय सरकारलाई पनि यस्ता यात्राहरुले साईकल लेन छुट्टयाउन दबाब समेत दिने बताए ।

स्वास्थ्य र वातावरण दुवैको लागी साईकल यात्रा अति उपयुक्त रहेको हुँदा नजिकको यात्रामा साईकललाई नै प्रयोग गर्न साईकल अभियन्ताहरुले आग्रह गरेका छन् ।

प्रतिकृया दिनुहोस्

Flash News

गुल्मीको चन्द्रकोट गाउँपालिकाले सोमपाल कामीलाई ५० हजार पुरस्कार दिने प्रधानमन्त्री प्रचण्डविरुद्ध नारावाजी सालकको खपेटासहित गोंगबुबाट एक पक्राउ उँखुजन्य उत्पादनलाई व्यवस्थित गर्न सहकारी गठन दलित समुदायको हकअधिकारका लागि सिङ्गो राज्य जिम्मेवार छ : प्रधानमन्त्री प्रचण्ड जातीय छुवाछूत अन्त्यका लागि सबै लाग्नुपर्छ : अध्यक्ष ओली बर्दिवास मेडिकल कलेज नबन्दै झमेलामा संकिणता र जडता नै नेपालको ओरालो यात्रा ! प्रधानमन्त्री प्रचण्डले गरे सडकको शिलान्यास गरिब र निमुखा जनताको हितमा काम गर्नुपर्छ :राष्ट्रपति पौडेल सरकारमा जान एकीकृत समाजवादीद्वारा कार्यदल गठन दोल्ती पावरको आइपीओमा आवेदन दिने अन्तिम दिन सात करोडभन्दा बढी बालबालिका पानीजन्य संक्रमणको खतरामा सिटी होटलले आइपीओ निष्कासन गर्न पायो अनुमति सोमबार रातिदेखि वर्षा जारी ‘बौद्धदर्शन र सञ्चार’ अनुसन्धानात्मक कृतिको परिचर्चा कार्यक्रम सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ खरिद–बिक्री ? अमेरिकी डलरसँगै युरोको भाउ पनि बढ्यो, आज कुन मुद्रा कतिमा हुँदैछ किनबेच ? बुटवलमा यामाहाको एक्स्चेन्ज सुरु राहादानी बिभागले घोडेजात्रामा पनि सेवा दिने