१७ चैत्र २०७९, शुक्रबार

Mar 31, 2023

भैरहवा । विगत तीन बर्षदेखि रिक्त रहेको नेपाल कृषि अनुसन्धान परिषद (नार्क) को कार्यकारी निर्देशकमा भैरहवाका दीपक भण्डारी नियुक्त भएका छन् । कृषी तथा पशुपंक्षि विकास मन्त्रालयको सिफारिशमा मन्त्रिपरिषद्को बैठकले भण्डारीलाई नियुक्त गरेको हो । अन्नबालीको आधुनिक जातको विकास गर्ने अनुसन्धान केन्द्रको रुपमा रहेको नार्कको कार्यकारी निर्देशकको पद विगत तीन बर्ष देखि रिक्त रहेको थियो ।

Advertisement

२०४७ सालमा लोकसेवा आयोग मार्फत बालि संरक्षण अधिकृत नियुक्त भएका भन्डारी २०४७ देखि ०५० सम्म जिल्ला कृषी विकास कार्यलय कपिलवस्तु र दांगमा कार्यरत थिए । यसैगरी २०५० देखि कृषी अनुसन्धान परिषदमा काम गर्न थालेका उनी २०६० सालमा वरीष्ठ वैज्ञानिक भएका थिए । ०७२ सालमा मुख्य बैज्ञानिकको जिम्मेवारी प्राप्त गरेका उनले २०७६ पुस देखि कामु कार्यकारी निर्देशकको जिम्मेवारी प्राप्त गरेका थिए ।

जागिरको सिलसिलामा २०५२ देखि राष्ट्रिय गहुंबालि अनुसन्धान कार्यक्रम भैरहवामा १७ वर्ष काम गर्ने सिलसिलामा उनले गहुंका रोगहरुको नियन्त्रणमा उत्कृष्ट कार्य गरेबापत बोर्लग ग्लोबल रस्ट इनिसियटिभको अन्तराष्ट्रिय बिजिआरआइ जेनि स्टेवार्डसीप अवाड समेत प्राप्त गरेका थिए । भन्डारीले अनुसन्धानको क्षेत्रमा महत्वपुर्ण भूमिका खेलेको हुदा नार्कबाटै २ लाख राशिको पुरस्कार पनि प्राप्त गरेका छन् । भन्डारीको हाल सम्म ७० भन्दा बढी अनुसन्धान कृति पनि प्रकाशित भएका छन् ।

सिद्धार्थनगर नगरपालिका वडा नम्बर ७ नारायणस्थान स्थायी घर भएका भण्डारीले भैरहवा माध्यमिक विद्यालयबाट २०३६ सालमा एसएलसी र पक्लिहवा क्याम्पसबाट आइए पास गरेका थिए । उनले स्नाकोत्तर र विद्याबारिधी पुर्ण छात्रावृत्तिमा एशियन इन्सीच्यूट अफ टेक्नोलोजि थाइल्यान्डबाट गरेका हुन् ।

भण्डारीको नार्कमा नियुक्तीसंगै २०५४ सालताका कर्मचारी हकहितको क्षेत्रमा संगै काम गरेका शोभाकान्त नेपालले कृर्षी अनुसन्धान परिषदको नेतृत्वमा कुशल व्यक्तिको आगमन भएको बताए । शोभाकान्त तत्कालिन समयमा कर्मचारी संगठनको अध्यक्ष थिए भने भण्डारी सचिव रहेका थिए ।

प्रतिकृया दिनुहोस्

Flash News

उपनिर्वाचन : तनहुँ र बारामा २६ दल दर्ता पार्टीभित्र भागवण्डा नमिलेपछि काँग्रेसले बुझायो चार मन्त्रीको मात्रै नाम माल्टा पठाउने नाममा ठगी राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता, दिउँसो ३ बजेका लागि शपथको तयारी दाइजाे प्रथा र महिला हिंसाविरुद्ध मधेशमा सडक नाटक प्रदर्शन एकैदिन तोलामा एक हजार रुपैयाँ बढ्यो सुनको भाउ लुम्बिनीमा राष्ट्रिय मिडिया सम्मेलन : पत्रकारिताको भूमिका परिवर्तन गर्न मन्त्री शर्माको आग्रह मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु बिमा कम्पनीहरूले लाइसेन्स नवीकरण गर्नु नपर्ने कोरोना जोखिम बढेपछि भारतबाट फर्किने निगरानीमा, सीमामा कडाइ अमेरिकी डलरको भाउ स्थिर रहँदा युरो बढ्यो आईपीओ निष्कासन गर्ने प्रस्तावसहित आज कान्तिपुर टेलिभिजनको विशेष साधारणसभा बस्दै भारत पुगेर उपचार गराइरहेका क्यान्सर पीडित राईलाई १७ लाख जुट्यो माेटरसाइकल दुर्घटनामा २ जनाकाे मृत्यु जितगढीदेखि सुरु भयो ‘राइड टु रानीमहल सिजन-३’ ६ दशकपछि भरतपुर विमानस्थल स्तरोन्नति र विस्तार गरिँदै अब स्थानीय पालिकाबाटै पुनः श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृतिको आवेदन कर्णालीका मुख्यमन्त्री शर्माले विश्वासको मत लिँदै प्रधानमन्त्री थ्री नेसन्स कपको फाइनल आज, नेपाल र लाओस भिड्दै आजदेखि इण्डियन प्रिमियर लिग ‘आईपीएल’