ताजा अपडेट »

रुपन्देहीमा एकैदिन १५ वर्षीय किशोर र २३ वर्षीय युवाद्वारा आत्महत्या

बुधबार, ३१ भदौ २०७७, १२ : ३३
6 Shares

बुटवल । रुपन्देहीमा मंगलबार दुई जनाले झुण्डीएर आत्महत्या गरेका छन् । आत्महत्यामा गर्नेमा सैनामैना नगरपालिका ५ बालापुर बस्ने २३ वर्षीय बिष्णु गिरी रहेका छन् । प्रहरीका अनुसार उनले आफ्नै १ तले टिनको छाना भएको घरको फलामको बलोमा झुण्डीएर आत्महत्या गरेको जनाएको छ । घटनाको इलाका प्रहरी कार्यालय सालझण्डीबाट थप अनुसन्धान भईरहेको छ ।

यस्तै गुल्मी मुसीकोट नगरपालिका वडा नं. ६ का १५ वर्षीय सुजर माझीले आत्महत्या गरेका छन् । रुपन्देहीको तिलोत्तमा नगरपालिका १३ बिसौलिया स्थित कमला थापाको घरमा दिदि भेना संग बस्दै आएका उनले भान्सा कोठाको भेन्टिलेटरमा झुण्डीएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । घटनाको वडा प्रहरी कार्यालय भैरहवाबाट थप अनुसन्धान भईरहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।