ताजा अपडेट »

रोट्रयाक्ट क्लब अफ भैरहवाद्वारा घुम्ती रक्तदान

सोमबार, १५ भदौ २०७७, १७ : २५
6 Shares

भैरहवा । समुदाय स्तरमा कोरोना भाइरसको संक्रमण फैलिएसँगै रुपन्देहीमा लकडाउन लम्बिएपछि लकडाउनमा रगतको अभाव हुन नदिँन रोट्रयाक्ट क्लब अफ भैरहवाले घुम्ती रक्तदान आयोजना सुरु गरेको छ ।

नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखा रक्त सञ्चार सेवा इकाई सिद्धार्थनगरको प्राविधिक सहयोगमा सोमबार भैरहवामा गरिएको रक्तदान कार्यक्रममा ४७ युनिट रगत संकलन भएको क्लबका अध्यक्ष सरिता रानाले जानकारी दिईन् ।

क्लबले यस अघि ट्राफिक सचेतना कार्यक्रम, निःशुल्क हेपाटाइटिस परीक्षण शिविर लगायतका कार्यक्रम गरिसकेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।