१९ चैत्र २०७९, आईतवार

Apr 2, 2023

भैरहवा । लकडाउन खुकुलो भए पछि भैरहवामा कोभिड-१९ संक्रमितहरुको संख्या पनि दैनिक बढ्दै गई रहेको छ । हिजो मात्र नेपाल एसबिआई बैंकमा १२ जना सहित १४ जनामा संक्रमण देखिएको थियो । संक्रमण देखिने क्रम अझै रोकिएको छैन । आज मात्रै भैरहवामा थप ८ जना कोभिड-१९ संक्रमित देखिएको स्वास्थ्य कार्यालय भैरहवाले जानकारी दिएको छ ।

Advertisement

नेपाल आयल निगम भैरहवा बितरण केन्द्रका ३ जना कर्मचारीमा पनि संक्रमण पाईए पछि आज देखीे भैरहवा वितरण केन्द्र अर्को सूचना नआउदा सम्मको लागी बन्द गरिएको छ । नेपाल आयल निगमको भैरहवा बितरण केन्द्रमा ३ जना, प्रादेशिक कार्यालय भलवारीमा ३ जना र हवाई इृन्धन तर्फ ८ जना गरि १४ जना कर्मचारीमा संक्रमण देखिएको नेपाल आयल निगम प्रादेशिक कार्यालय प्रमुख सुरेश साहले जानकारी दिए ।

भैरहवामा आज देखिएका ८ जना मध्ये अञ्चलपुर, बुद्धकलोनी, सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ का रहेको स्वास्थ्य कार्यालय भैरहवाका भेक्टर कन्ट्रोल निरिक्षक केदार साहले जानकारी दिए । उनले आजै ओमसतिया गाउँपालिकामा १ जना, सियारीमा १ जना, बुटवल उपमहानगर पालिकामा १ जना र तिलोत्तमा नगरपालिकामा ६ जनामा पनि संक्रमण पुष्टि भएको जानकारी दिए ।
यस संगै रुपन्देहीको सिद्धार्थनगर नगर पालिकामा संक्रमितको संख्या ४८ पुगेको छ ।

यस्तै बुटवल उपमहानगरपालिकामा ५८, लुम्बिनी सांस्कृतिक नगरपालिकामा ६१, तिलोत्तमामा ५०, देवदह नगरपालिकामा १७, सैनामैना नगरपालिकामा ४३, मायादेवी गाउँपालिकामा १७, ओमसतियामा १ रोहिणीमा ८, मर्चवारी गाउँपालिकामा १५, सम्मरीमाईमा २७, सियारीमा ८, सुद्धोधनमा ८ गैडहवामा २६, कोटहीमाईमा २६ , कन्चनमा २४ जना संक्रमित पुगेको साहले जानकारी दिए ।

भैरहवा क्षेत्रमा पनि संक्रमितको संख्या बढ्दै गए पछि अहिले सिद्धार्थनगर नगर पालिका क्षेत्रलाई लकडाउन गरिएको छ । शनिबार राती देखी गरिएको लकडाउनको कारण यहाको जनजिवन प्रभावित बनेको छ । लकडाउन खुकुलो भए संगै बिस्तारै जनजिवन सामान्य हुन लागेको अवश्थामा पुन लकडाउन हुदा यहाको आर्थिक गतिविधि सुस्ताउने ब्यवसायीहरुको भनाई छ ।

लकडाउनको प्रभाव भैरहवा क्षेत्रमा देखिएको छ । मूख्य सडकहरुमा अत्यावश्यक सवारी बाहेक अन्य कुनै पनि सवारी सञ्चालनमा आएका छैनन भने पसलहरु समेत बन्द रहेका छन् । नगर क्षेत्रमा प्रहरीका बाक्लो उपस्थिति रहेको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

बुटवल-पाल्पा सडक दैनिक ९ घण्टा बन्द हुने उपसचिवसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर निजी विद्यालयको सेटिङमा एसईईमा व्यापक चिट चोरी रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन आरआर क्याम्पसमा २७ चैतमा स्ववियु निर्वाचन बारा- २ : हेभिवेट भिडन्तमा पूर्वमन्त्री पौडेललाई अघि सार्ने एमालेको तयारी राप्रपाले टुंग्यायो उपनिर्वाचनका उम्मेदवार रुकुममा ५ थान भरुवा बन्दुक बरामद दक्ष जनशक्तिको उत्पादनले मात्र विश्वबजारमा प्रतिस्पर्धा गर्न सकिन्छ : प्रधानमन्त्री कपिलबस्तुमा लागु औषधसहित २ जना पक्राउ काेशी नामाकरण बिरुद्व भईरहेकाे पहिचानवादीकाे आन्दाेलनलाई जसपाकाे समर्थन कोरोना संक्रमण बढ्न थालेपछि नियन्त्रणको तयारीबारे सांसदको चासो कामना सेवा विकास बैंकले गर्‍याे लाभांश घोषणा कांग्रेसले गर्‍यो नेताहरुमाथि लगाइएको कारबाही फुकुवा मिटरब्याजीको रकम राष्ट्रियकरण गर्न र पीडितलाई न्याय दिन संसदमा माग समाजसेवी सावित्री साहुको स्मृतिमा श्रीमान‍्ले राखे दुई लाखको अक्ष्यकोष कांग्रेसले बारा-२ मा उपेन्द्र यादवलाई समर्थन गर्ने डलरसँगै घट्यो युरोको भाउ, कतिमा हुँदैछ बिदशी मुद्राकाे खरिदबिक्री ? मोदी इनर्जीको आईपीओ बाँडफाँट राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री शिक्षण अस्पतालमा