१९ चैत्र २०७९, आईतवार

Apr 2, 2023

भैरहवा । हामी सेवा गर्छाैं भन्ने मूल नाराका साथ क्यान्सर पिडित मनाेज गिरिलाई ५१ हजार आर्थिक सहयाेग गर्दै लायन्स क्लब अफ भैरहवा ग्रिनसिटीको स्थापना भएकाे छ । युवा व्यवसायि शिवनाथ गुप्ता अध्यक्ष रहनेगरि ५३ सदस्य समिति गठन भएकाे छ । उक्त क्लबले शनिबार भारतकाे नया दिल्लीमा उपचारत गुल्मीको मुसिकोट गाउँपालिका स्थायी ठेगाना भइ हाल रुपन्देहीको सैनामैना नगरपालिका–४ बस्ने मनोज गिरीको उपचारकाेलागि उनकाे परिवारलाई सहयाेग हस्तान्तरण गरेकाे हाे ।

Advertisement

लायन्स क्लब अफ सिद्धार्थनगरकाे स्पाेन्सरमा स्थापित लायन्स क्लब अफ भैरहवा ग्रिनसिटीको संघिय सभाका सदस्य सासद प्रमाेद कुमार यादबले शुभारम्भ गरेका हुन् ।सांसद यादवले लायन्सकाे गतिबिधिले सामाजिक सेवामा महत्वपुर्ण याेगदान दिईरहेकाेबेला भैरहवा ग्रिनसिटिकाे भूमिका उल्लेखनीय हुने बताए । कार्यक्रममा लायन्स डिष्ट्रिक इन्टरनेशनल ३२५ बी टु नेपालका स्ट्रेटजिक चिफ पीएमजेएफ नवराज न्यौपानेले समाजसेवा र नेतृत्व गर्ने क्षमताको विकासमा लायन्सले खेल्ने भूमिका सधै उच्चाे हुने बताए । साे अवसरमा अर्का स्ट्रेटजिक चिफ एमजेएफ महेशचन्द्र थापाले अनुशासनकाे परिधि भित्र रहेर लायन्सकाे गतिबिधि गरेमा समाज परिवर्तनमा टेवा पुग्ने बताए ।

जोनचेयरपर्सन तथा लायन्स क्लब अफ सिद्धार्थनगरका पूर्व अध्यक्ष विजय पाण्डेले दाेस्राे विश्वयुद्धपछि अमेरिकाबाट शुरु भएकाे लायन्स गतिबिधि संसारभरि फैलिएकाे बताए । लायन्स क्लब अफ सिद्धार्थनगरका अध्यक्ष नेत्र प्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लायन्स क्लब अफ सिद्धार्थनगरका कोषाध्यक्ष धर्मराज आचार्यको स्वागत, लायन्स डिष्ट्रिक इन्टरनेशनल ३२५ बी टु नेपाल एरिया–४ का कोषाध्यक्ष गौतम कुमार गुप्ताको ध्वजा अभिवादन, डिष्ट्रिक इभ्यालुयसन कमिटी हेड विनोद खरेल , क्लबका संस्थापक प्रथम उपाध्यक्ष गोविन्द प्रसाद गिरी, क्लब व्यानर उद्घाटन कार्यक्रम संयोजक कमल रायमाझी लगायतले मन्तब्य राखेका थिए ।

अमेरिकामा सन् १९१७ मा मेलभिन जाेन्सकाे नेतृत्वमा स्थापना भएकाे लायन्सकाे विक्रम सम्बत १९७१ मा नेपालमा मातृका काेईरालाकाे अध्यक्षतामा लायन्स क्लब अफ बिराटनगर प्रथमपटक स्थापना स्थापना भएकाे थियाे । १९८६ मा विश्वनाथ अग्रवालकाे अध्यक्षतामा स्थापना भएकाे लायन्स कल्ब अफ सिद्धार्थनगरले लायन्स क्लब अफ भैरहवा ग्रिनसिटि स्थापनामा सहयाेग गरेकाे हाे । विश्वमा साढे १४ लाख लायन्सका सदस्य रहेकाेमा नेपालमा ३२ हजार लायन्स सदस्य रहेका छन् ।

प्रतिकृया दिनुहोस्

Flash News

बुटवल-पाल्पा सडक दैनिक ९ घण्टा बन्द हुने उपसचिवसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर निजी विद्यालयको सेटिङमा एसईईमा व्यापक चिट चोरी रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन आरआर क्याम्पसमा २७ चैतमा स्ववियु निर्वाचन बारा- २ : हेभिवेट भिडन्तमा पूर्वमन्त्री पौडेललाई अघि सार्ने एमालेको तयारी राप्रपाले टुंग्यायो उपनिर्वाचनका उम्मेदवार रुकुममा ५ थान भरुवा बन्दुक बरामद दक्ष जनशक्तिको उत्पादनले मात्र विश्वबजारमा प्रतिस्पर्धा गर्न सकिन्छ : प्रधानमन्त्री कपिलबस्तुमा लागु औषधसहित २ जना पक्राउ काेशी नामाकरण बिरुद्व भईरहेकाे पहिचानवादीकाे आन्दाेलनलाई जसपाकाे समर्थन कोरोना संक्रमण बढ्न थालेपछि नियन्त्रणको तयारीबारे सांसदको चासो कामना सेवा विकास बैंकले गर्‍याे लाभांश घोषणा कांग्रेसले गर्‍यो नेताहरुमाथि लगाइएको कारबाही फुकुवा मिटरब्याजीको रकम राष्ट्रियकरण गर्न र पीडितलाई न्याय दिन संसदमा माग समाजसेवी सावित्री साहुको स्मृतिमा श्रीमान‍्ले राखे दुई लाखको अक्ष्यकोष कांग्रेसले बारा-२ मा उपेन्द्र यादवलाई समर्थन गर्ने डलरसँगै घट्यो युरोको भाउ, कतिमा हुँदैछ बिदशी मुद्राकाे खरिदबिक्री ? मोदी इनर्जीको आईपीओ बाँडफाँट राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री शिक्षण अस्पतालमा