ताजा अपडेट »

प्राइम लाईफ इन्स्योरेन्सको बुटवलमा अभिकर्ता अन्तरक्रिया तथा पुनर्ताजगी तालिम

आइतबार, १८ साउन २०७७, १२ : २४
12 Shares

बुटवल । प्राइम लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड बुटवलले २ दिने अभिकर्ता अन्तरक्रिया तथा पुनर्ताजगी तालिम संचालन गरेको छ । इन्स्योरेन्स कम्पनी लिमिटेडमा आबद्ध रहेका र केही नयाँ अभिकर्तागरी ८० जनाको सहभागिता रहेको थियो ।

कार्यक्रममा प्राइम लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रदेश ५ को प्रमुख शिव प्रसाद पौडेल, बुटवल शाखाकी म्यानेजर रिता के सी, फर्साटिकर शाखा प्रमुख, प्रेम न्यौपाने र इन्चार्ज कमल प्रसाद पाण्डेले सहजिकरण गरेका थिए । कार्यक्रममा अभिकर्तालाई विमा योजनाका विशेषताहरू, इन्स्योरेन्स सम्बन्धी नयाँ योजना र नीति तथा अवसरका बारेमा जानकारी गराईएको थियो । सहभागीहरूले बीमाको महत्व थप बुज्न पाएकोमा खुसी ब्यक्त गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।