२७ जेष्ठ २०८०, शनिबार

Jun 10, 2023

बुटवल । वरिष्ठ हांस्य कलाकार हरिवंश आचार्यले असल राजनीतिक संस्कार र मित्रताले मात्र मुलुकको उन्नति र प्रगति हुने बताएका छन् । राजनीतिक दल लोकतान्त्रि पद्दतिमा चल्न नसक्दा अहिले मुलुक कठिन अवस्थाबाट गुज्रिरहेको उनको भनाइ छ ।

Advertisement

रोटरी क्लव अफ बुटवलको १३२३ औं एवं रोट्रयाक्ट क्लव अफ बुटवलको ४८६ औं संयुक्त बैठकमा प्रमुख अतिथीको रुपमा बोल्दै हांस्य कलाकार आचार्यले पद्धति, मूल्य, मान्यता भन्दा आफूलाई प्रधान ठान्ने प्रवृत्ति हावी भएको उल्लेख गदै सामूहिक भावनाले अघि बढ्न सकेमात्रै समाज रुपान्तरण हुने बताए । नेपालको राजनीतिलाई नजीकबाट नियाल्दै आएका वरिष्ठ हाँस्य कलाकार आचार्यले हालसम्म थुप्रै राजनीतिक परिवर्तन भएपनि राजनीतिको मनोवृत्ति खासै नबदलिएको बताए । “म होइन, हामी भन्ने भावनाका साथ अघि बढ्ने हो भने सबै क्षेत्रमा सफलता हासिल गर्न सकिन्छ, अहिलेको समस्या व्यक्तिले आफूलाई प्रधान ठान्ने प्रवृत्तिले पैदा भएको हो”–उनले भने ।

अन्तर्राष्ट्रिय मित्रता दिवसको पुर्वसन्ध्यामा आयोजित बैठकमा महजोडीसँगको दीगो मित्रता कायम गरेका आचार्यले मित्रबाट सबैकुरा प्राप्त हुने तर शत्रुताबाट सबै कुरा गुम्ने उल्लेख गर्दै सफलता हासिल गर्नका लागि सबैसँग मित्रवत व्यवहार गर्नुपर्ने खाँचो औंल्याए । उनले कोभिड–१९ ले विश्वलाई नै आक्रान्त पारेको उल्लेख गर्दै यस्तो बेला सबैले धैर्यता राख्नुपर्ने बताए । “यसको अन्त्यपछि समग्र विश्व नै पुरानै लयमा फर्किने र अर्थतन्त्रले गति लिने विश्वास उनले व्यक्ति गरे । उनले आफ्नो कलाकारिता जीवनको अनुभव समेत साटेका थिए । रोटरी क्लव अफ बुटवलका अध्यक्ष सुनिल श्रेष्ठको अध्यक्षतामा बसेको बैठकमा रोटरीयनहरु मणिकरत्न पाण्डे, डा. ताराप्रसाद उपाध्याय र शिवकुमार ज्ञवालीले कलाकार आचार्यसँग कला क्षेत्रसँग सम्बन्धित विभिन्न जिज्ञासा राखेका थिए ।

बैठकमा रोटरी क्लव अफ बुटवलका प्रेसिडेन्ट नोमिनी बोनिन पिया, सचिव रोम शर्मा कोषाध्यक्ष खिमनारायण पराजुली, सावि विक, रोट्रयाक्ट क्लव अफ बुटवलका अध्यक्ष सुमन अधिकारी, रोट्रयाक्ट क्लव अफ क्षितिज इन्टरनेशनल कलेजका राम चौधरीलगायतले बोलेका थिए । रोटरी क्लव अफ बुटवलको पहलमा भएको संयुक्त बैठकमा रोट्रयाक्ट क्लव अफ बुटवलका पदाधिकारी तथा सदस्य, रोट्रयाक्ट क्लव अफ लुम्बिनी बाणिज्य क्याम्पस र रोट्रयाक्ट क्लव अफ क्षितिज इन्टरनेशनल कलेज र इनरह्वील क्लव अफ बुटवलका अध्यक्ष सहभागी थिए ।

प्रतिकृया दिनुहोस्

Flash News

स्वस्तिमाले सांसद शाहलाई भनिन – मेरो तस्विरका कुरा संसदमा उठाउनु परयो ! पाल्पा लैजाँदै गरेको एक ट्रक अवैध मल बरामद ४० दिनदेखि अमेजनको घना जंगलमा हराईरहेका बालबालिका फेला परे गोप्य कागजात प्रकरणः ट्रम्प माथीको अभियोग पुष्टी भए २० बर्ष जेल सजाँय हुने कारबाही अघि नै बेलायती पुर्व प्रधानमन्त्रीले दिए सांसद पदवाट राजिनामा शोषणमा परेको प्रजातन्त्र विकासका कुरालाई राजनीतिक आँखाबाट हेर्नु हुँदैन: विनोद चौधरी नेपालले आज नेदरल्याण्डसँग अभ्यास खेल खेल्दै तराईमा तापक्रम नघटने, कोशी, गण्डकी तथा कर्णाली प्रदेश पानी पर्ने १३ वर्षदेखि रोकिएको संस्कृत विश्वविद्यालयको दीक्षान्त कार्यक्रम जेठ ३१ मा हुँदै बुटवलको ढवाहामा दोस्रो पीस पार्क मेला सुरु तिनाउमा विद्यालय व्यवस्थापन तथा अभिभावक संघका पदाधिकारीलाई अभिमूखिकरण बाघको छाला र हड्डीसहित दुईजना पक्राउ रुपन्देहीमा पर्यटन व्यवसायीको चिन्ता : ३० खर्ब लगानी डुब्ने डर, पलायन हुँदै व्यवसायी गभर्नर अधिकारी र विश्व बैंक दक्षिण एसियाका उपाध्यक्ष रेजरबीच भेटवार्ता चलचित्र रोशनीको गीत ‘जुनी जुनी’ बुटवलमा विमोचन रुपन्देहीका सामूदायिक विद्यालयमा रहेका कर्मचारी आन्दोलित राष्ट्र बैंकले भन्यो- चालु खाता ५४ अर्ब ६७ करोड रुपैयाँले घाटामा गाउँको व्यथा कसलाई के थाहा ? नागरिकता विधेयक : मन्त्रिपरिषद्को निर्णय र प्रमाणीकरणको फाइल झिकाउन आदेश