Jun 6, 2023
बुटवल । रुपन्देहीमा नातीको मोटरसाईकलमा चढ्ने क्रममा ७० वर्षीया हजुरआमाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको रोहिणी गाउँपालिका- ३, लक्ष्मिनगरकी ७० वर्षीया धानकती भुजको रहेकी छन् ।
२० वर्षीय नाती सिकन्दर भुजको लु १८ प ९४९२ को रोकिराखेको मोटरसाईकलमा चढ्ने क्रममा अचानक लड्दा घाईते भएकी उनको उपचारको क्रममा मेडिकल कलेज भैरहवामा लैजादै गर्दा बाटोमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय धकधईले जनाएको छ ।
प्रतिकृया दिनुहोस्