२५ जेष्ठ २०८०, बिहीबार

Jun 8, 2023

बुटवल । लुम्बिनी साना तथा मझौला ढुवानी ब्यवसायी संघको ८ औं स्थापना दिवश तथा बार्षिक उत्सवको पूर्व सन्धामा रक्तदान गरिएको छ । रक्तदान जीवनदान भन्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा ४९ युनिट रगत संकलन भएको छ ।

कोभिड-१९ महामारीको समयमा रगतको अभाव भई कसैले पनि ज्यान गुमाउनु नपरोस भन्ने हेतुले रक्तदान कार्यक्रमको आयोजना गरिएको संघका अध्यक्ष लक्ष्मण क्षेत्रीले बताए । क्षेत्रीले बुटवल र भैरहवा आसपास क्षेत्रमा रक्ततत्वको अभाव हुन नदिन संघले रक्तदान कार्यक्रमको आयोजना गरेको बताए । संघको स्थापना दिवश तथा बार्षिक उत्सवमा लकडाउनका कारण अन्य कार्यक्रम गर्न नपाए पनि रक्तदान कार्यक्रमलाई भने निरन्तरता दिएको कार्यक्रम संयोजक संघका सदस्य नविन पोख्रेलले बताए ।

सो अवसरमा प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरिक्षक डिल्लि नारायण पाण्डे र इ.प्र.का. बुटवलका प्रमुख प्रहरी नायव उपरिक्षक प्रतित सिंह राठोर, संघका सह-सचिव कृष्ण चौहान क्षेत्री लगाएतले रक्तदान जीवन दान सम्झेर रगत दान गर्नेहरुलाई आभार प्रकट गरे । कार्यक्रममा ५०/५० थान केएन ९५ माक्स र सेनेटाईजर प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवल र ईलाका प्रहरी कार्यालय बुटवललाई हस्तान्तरण गरिएको संघले जनाएको छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

मधेशका महिला कथाकारका लागि ‘टेल योर स्टोरी’ नेपाली क्रिकेट टिमले आज स्कटल्याण्डसँग अभ्यास खेल खेल्दै  इरानले बनायो ध्वनीभन्दा १५ गुणा बढी गतिको मिसाइल म्यान्मारमा सेना समर्थक गायिकाको गोली हानी हत्या असार १ देखि भदौं मसान्तसम्म सडक खन्न प्रतिबन्ध तिलाेत्तमाको शंकरनगर दुर्गादत्त माविमा प्रतिभा प्रदर्शन युक्रेनी बाँध भत्किदाँ १८ हजार घर डुबानमा, रुस-युक्रेन एक अर्कामा दोषारोपण गर्दै रेलमा आगलागी भएपछि अस्ट्रियाको सुरुङबाट २०० यात्रुलाई बाहिर निकालिए बाबुराम भट्टराई नेतृत्वको नेसपाको केन्द्रिय समिति बैठक आजबाट प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथिको छलफल आज पनि जारी रहने प्रधानमन्त्री प्रचण्ड आज बुटवल आउँदै, लुम्बिनी केबलकारको उद्घाटन गर्ने भारतसँग भूमि सट्टापट्टाबारे अरूले निर्णय नै गरेका छन्, समय आएपछि प्रमाण देखाउँछु : प्रधानमन्त्री रेडक्रस सोसाइटी बर्दिबासद्वारा सर्पदंश उपचार केन्द्रलाई स्वास्थ्य सामग्री प्रदान  तिनाउको शैक्षिक सुधारका लागि आलोचना हैन समालोचना आवश्यक भारतीय सीमावर्ती बजारबाट अखाद्य मासुजन्य पदार्थ भित्रिएको आशंकामा बुटवलमा अनुगमन अनलाइन ठगी गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ प्रियंकासँग सहकार्य गर्दै जुनियर एनटिआर बुटवलमा करोडौँ मूल्य पर्ने २६ कठ्ठा सरकारी जग्गा किनबेच लागुऔषधसहित ५ जना पक्राउ हत्या आराेपमा एकजना पक्राउ