May 28, 2023
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)की नयाँ सांसद लीलादेवी सिटौलाले पद तथा गोपनीयताको सपथ लिएकी छन् । बुधबार सभामुख अग्निप्रसाद सापकोटाले सांसद सिटौलालाई सपथ गराएका हुन् ।
सांसद सरिता गिरीलाई पार्टीको ह्विप उल्लंघन गरेको भन्दै पार्टीले निस्काशन गरिएपछि रिक्त रहेको समानुपातिक तर्फ खस-आर्य समूहमा सिटौलालाई निर्वाचन आयोगले सांसद चयन गरेको थियो ।
नेपालको भूभाग लिपुलेक, कालापानी, लिम्पियाधुरा भूभाग समेटेर नक्सा जारी गर्ने विषयमा संशोधन हालेपछि विवादमा परेकी गिरीलाई सासंद पद र साधारण सदस्यसमेत नरहनेगरी पार्टीले कारबाही गरेको थियो ।
प्रतिकृया दिनुहोस्