ताजा अपडेट »

पाल्पामा पहिरोमा पुरिएर एक जनाको मृत्यु

मंगलबार, १३ साउन २०७७, १२ : ५१
10 Shares

पाल्पा । पाल्पामा पहिरोले पुरिएर एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा पाल्पाको रम्भा गाउँपालिका–१ असर्दीका ३० वर्षीय दिनेश अर्याल रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

अबिरल वर्षा भएपछि पहिराले खेत नोक्सान पु¥याउन थालेको रोक्न राति खेतमा गएका अर्याललाई असर्दीको बतासेखोला छेउमा आएको पहिराले बगाउँदा मृत्यु भएको वडाध्यक्ष कृष्ण रेग्मीले बताउनुभयो । पहिराले बगाएर अर्याललाई १० मिटर तल लगेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।