ताजा अपडेट »

बुटवल उपमहानगरमा कार्यालयका काम सुरु हुनुपूर्व राष्ट्रिय गान

विहीबार, ०१ साउन २०७७, १७ : १४
8 Shares

बुटवल । बुटवल उपमहानगरपालिकामा कार्यालयमा काम सुरु नगर्नु पूर्व राष्ट्रिय गान गाउँनुपर्ने नियम सुरु भएको छ । साउन १ गतेदेखि सुरु भएको यो नयाँ नियमले जनप्रतिनिधि र कर्मचारीमा राष्ट्र प्रेम र सुशासनमा प्रेरित गर्ने प्रमुख शिवराज सुवेदीले बताए ।

नगरसभाका बेलामा नयाँ आर्थिक वर्ष सुरु भएसँगै कार्यालय प्रवेश गर्नुअघि राष्ट्रिय गित गाउने निर्णय भएको थियो । सोही निर्णयसँगै साउन १ गतेदेखि यसको सुरुआत गरिएको प्रमुख सुवेदीले जानकारी दिए । अब हरेक दिन बिहान कार्यालय समय अघि कार्यालय परिसरमा राष्ट्रिय गीतमा प्रार्थना गरेरमात्र काम प्रारम्भ गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले बताए । बुटवलमा विभिन्न तहका गरि करिब चार सय कर्मचारी कार्यरत रहेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।