ताजा अपडेट »

बलात्कारको आरोपमा सशस्त्र प्रहरीका एसएसपी पक्राउ

बुधबार, ३१ असार २०७७, १८ : १९
8 Shares
बुधबार, ३१ असार २०७७
8 Shares

काठमाडौं । बलात्कारको आरोपमा सशस्त्र प्रहरीका एसएसपी पक्राउ परेका छन् । बुधबार सशस्त्र प्रहरी तालिम केन्द्र लामापाटनका प्रमुख एसएसपी राजेन्द्र अधिकारीलाई महिला बलात्कार आरोपमा पक्राउ गरेको कास्की प्रहरीले जनाएको छ।

पोखराको लामापाटनस्थित आफ्नै क्वाटरमा बोलाएर एसएसपी अधिकारीले आफूमाथि बलात्कार गरेको पीडित महिलाले प्रहरीलाई फोनमार्फत जानकारी गराएपछि नेपाल प्रहरीको टोलीले उनलाई नियन्त्रणमा लिएको हो । पीडित महिलालाई स्वास्थ्य जाँचका लागि अस्पताल लगिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।