८ चैत्र २०७९, बुधबार

Mar 22, 2023

भैरहवा । रोटरी क्लब अफ भैरहवाको चौथो पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । एका समारोहका बीच वर्ष २०१९/२० का अध्यक्ष मनिष भटटराइले वर्ष २०२०/२१ का अध्यक्ष शिवहरि शर्मालाई पद हस्तान्तरण गरेका हुन् । समारोह रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ नेपाल भुुटानका गभर्नर राजिव पोखरेलको प्रमुख आतिथ्यता, डिजिएन सन्तोष रिजालको विशिष्ट आतिथ्यतामा भएको थियो ।

Advertisement

कार्यक्रममा डिष्ट्रिक्ट एसिष्टेन्ट गभर्नर हरिप्रसाद पौडेलले अध्यक्ष शर्मालाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए । त्यसैगरी अध्यक्ष शर्माले बोर्ड सदस्यहरुलाई सपथ ग्रहण गराएका हुन् ।
पदस्थापन कार्यक्रममा वर्ष २०१९÷२० का सचिव उमेशचन्द्र आचार्चले वर्ष २०२०/२१ का सचिव कमल कोइरालालाई माइन्यूूट, कोषाध्यक्ष अरुण आचार्यले सुदर्शन पन्तलाई अडिट रिपोर्ट हस्तान्तरण गरेका थिए । भर्चूअल माध्यमबाट गरिएको र्काक्रममा डिष्ट्रिक्ट गभर्नर पोखरेलले रोटरी क्लव अफ भैरहवाले विगतका नेतृत्वहरुका योजनाहरुलाई निरन्तरता दिँदै अघि बढ्न आग्रह गरे । साथै कोरोना महामारीमा रोटरीले प्रभावकारी भूमिका खेल्न पनि सुझाए ।

त्यसैगरी विशिष्ट अतिथि डिजिएन सन्तोष रिजालले कोरोना सक्रमण सँग डराएर होइन, सतर्क भएर आफ्नो कार्यभारलाई अघि बढाउन आग्रह गरे ।रोटरी क्लब अफ सेन्ट्रल बुटवलका सस्थापक अध्यक्ष तथा रोटरी क्लब अफ भैरहवाका जिएस आर एजाज आलमले सामाजिक क्षेत्रमा रोटरीले खेलेको भूमिका प्रभावकारी बनेको बताए । रोटरी क्लब अफ भैरहवाका वर्ष २०२०/२१ का अध्यक्ष शिवहरी शर्माले कोरोना भाइरसको प्रतिकुल अवस्थामा आफनो कार्यकाल सुरु भएको बताउँदै थानीयको आवश्यकता पहिचान गरी अगाडि बढ्न आफू र आफ्नो टिम प्रयत्नशिल रहने बताए।


रोटरी क्लब अफ भैरहवा का सस्थापक अध्यक्ष तथा रिजन ५ जोन २० का एसिष्टेन्ट गभर्नर राज कुमार गुप्ताले सबै रोटरीयनहरुले आफ्नो दायित्व र जिम्मेवारी बुझेर अघि बढ्नुपर्ने आवश्यकता औंल्याएँ । कार्यक्रममा रोटरी क्लब अफ रुपन्देहीका अध्यक्ष गौतम भुसाल, पूर्व गभर्नर सल्लाहकार आरसी आचार्य,रोट्रयाक्टक्लब अफ भैरहवाका अध्यक्ष सरिता राना लगाएतले आफ्ना भनाई राखेका थिए । सचिव कमल कोइरालाको सञ्चालनमा भर्एको कार्यक्रममा प्रेसिडेण्ट इलेक्ट चक्रमणी आचार्यले स्वागत मन्तवय राखेका थिए भने प्रथम उपाध्यक्ष पवन पौडेलले धन्यवाद ज्ञापन गरेका थिए ।

प्रतिकृया दिनुहोस्

Flash News

स्विफ्ट एजुकेशनद्वारा ‘करियर परामर्श’ सम्पन्न सुदूरपश्चिम-११ थ्री स्टारलाई हराउँदै तिलोत्तमा गोल्ड कपको फाइनलमा दुई उद्योगमाथि मुद्दा दायर, नौ सय ७३ व्यावसायिक फर्मलाई कारबाही वैदेशिक रोजगारीमा जाने युवालाई दुःख दिने कार्य स्वीकार्य छैन : प्रधानमन्त्री प्रचण्ड बागमती प्रदेशसभा बैठक शुक्रबारका लागि सारियो वैदेशिक रोजगार विभागका नासु प्रमोद पाण्डेविरुद्ध भ्रष्टाचार मुद्दा दायर २४ चैतमा बहाव, सुरक्षा भन्छिन्- दुई महिना सुगासँग समय बिताएँ लुम्बिनीमा ‘पिस म्याराथन’ हुने बाग्मतीका मुख्यमन्त्रीलाई कांग्रेसले विश्वासको मत दिने रोजगारी सिर्जना गर्ने नीति ल्याउन सरकारलाई सुझाव सेयर बजार १५.६७ अंकले ओरालो तिलोत्तमा नगरभित्र गुट्खाजन्य पदार्थ विक्रि गरे ५० हजारसम्म जरिवाना ! ओडिआईमा नेपालको सुधार, एक स्थानमाथि उक्लियो लागुऔषधसहित ९ जना पक्राउ राजनीतिक दलहरूकाे खिचातानीले विद्यालय प्रधानाध्यापकविहीन राष्ट्रिय सभामा सांसद बिमला राईको प्रश्न: बोल्न खोज्नेको मुख थुन्न मिल्छ ? चुँदारा पेसा गरेर दैनिकी चलाउनै कठिन अयोग्य लडाकुका नाममा फेरि रकम वितरण गर्ने सरकारकाे निर्णय अराजकताको पराकाष्ठा : राप्रपा भीम रावलको प्रश्न: जनताको मुख थुन्ने कु–बुद्धी कस्ले सिकायो ? शेखर कोइरालाले भने, ‘यो वा त्यो बहानामा ब्यक्तिगत फोन टयाप गर्न पाईदैन्’