ताजा अपडेट »

तिनाउ गाउँपालिकाका वडाहरुमा कार्यालय भवन निर्माण सुरु

आइतबार, २५ जेठ २०७७, १३ : ४६
6 Shares

तिनाउ । तिनाउ गाउँपालिकाकाले विभिन्न वडाहरुको भवन निर्माणलाई तीव्रता दिएको छ । गाउँपालिकाकाले आग्रामी आर्थिक वर्षमा सम्पन्न गर्ने गरी वडा न. ४ र ५ को भवन शिलान्याश गरिएको छ । वडा न. ४ को सत्यवत्ति तथा वडा न. ५ को चरचरेमा प्रतिभवन ६५ लाख लागतमा निर्माण गर्न लागिएको गाउँपालिका अध्यक्ष ओम बहादुर घर्ती मगरले जानकारी दिए ।

वडा नं. ४ को भवन निर्माणका लागि स्थानीय दलबहादुर दर्लामीले जग्गा उपलब्ध गराएका हुन भने ५ का लागि स्थानीय प्रेम श्रेष्ठ, विष्णु थापा र वडाध्यक्ष दल बहादुर दर्लामीले जग्गा उपलब्ध गराएका हुन् । आग्रामी आर्थिक वर्षदेखि निर्माण कार्य सुरु गर्नेगरी वडा नं. ३ को झुम्सा र ६ को मस्याममा समेत भवन निर्माणको तयारी गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका सबै वडा कार्यालयहरुलाई सुबिधा सम्पन्न भवन निर्माण गर्ने योजनामा रहेको बताउँदै अध्यक्ष घर्ती मगरले आउँदो आर्थिक वर्षमा नै गाउँपालिका भवन निर्माण कार्य सुरु गरिने बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।