ताजा अपडेट »

भैरहवाको भीम अस्पतालबाट २५ जना कोरोना संंक्रमित डिस्चार्ज

सोमबार, १९ जेठ २०७७, १२ : ३५
12 Shares

बुटवल । भैरहवाको भीम अस्पतालबाट चार वर्षकी बालिकासहित २५ जना कोरोना भाइरस संंक्रमित सोमबार बिहान डिस्चार्ज भएका छन् । उनीहरुलाई पाँच नम्बर प्रदेशका सामाजिक विकासमन्त्री सुदर्शन बराल र रुपन्देहीका प्रदेशसभा सदस्य सन्तोष पाण्डे अस्पतालमै पुगेर बिदाई गरेका थिए ।

अस्पतालका अनुसार डिस्चार्ज हुनेमा रुपन्देहीको गैडहवा गाउँपालिकाका १० जना, लुम्बिनी सा‌ंस्कृतिक नगरपालिकाका ४ जना, सिद्धार्थनगर नगरपालिकाका र कोटहीमाई गाउँपालिकाका १ /१ जना, कपिलवस्तुुका ५, नवलपरासीका ३, भारतीय नागरिक १, डिस्चार्ज भएका हुन् । उनीहरुलाई गत वैशाख ३० गतेदेखि कोरोना संक्रमणको पुष्टि भएपछि उपचारका लागि अस्पतालमा ल्याइएको थियो । उनीहरुलाई गत वैशाख ३० गतेदेखि कोरोना संक्रमणको पुष्टि भएपछि उपचारका लागि अस्पतालमा ल्याइएको थियो । भारतीय नागरिक बाहेक अन्य सबै जना भारतको मुम्बईमा रोजगारी गरी घर फर्केका हुन् ।

बुटवलको धागो कारखानामा रहेको कोरोना विशेष अस्पतालबाट पनि आइतबार ४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । डिस्चार्ज भई घर फर्कनेहरूमा कपिलवस्तुका ३ र रुपन्देहीका १ जना रहेको छ्न ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।