ताजा अपडेट »

‘भैरहवा भन्सार कार्यालयमा कोरोनाको जोखिम बढ्यो, सतर्कता बढाऔँ’

शुक्रबार, ०२ जेठ २०७७, १८ : ५१
4 Shares

बुटवल । जनता समाजवादीले भैरहवा भन्सार कार्यालयमा कोरोना भाइरसको उच्च जोखिम देखिएकोले नियन्त्रणका लागि सुरक्षा सतर्कता बढाउन आग्रह गरेको छ ।

पार्टीका जिल्ला अध्यक्ष राम अवतार यादवले आज एक प्रेस विज्ञप्ती जारी गर्दै भन्सार कार्यालयमा कोरोना भाइरसको उच्च जोखिम देखिएकोले नियन्त्रणका लागि सुरक्षा सतर्कता बढाउन नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय सरकारसँग माग गरेको हुन् । ‘भारतबाट यस नाका हुदै आउने मालवाहक कन्टेनरलाई भन्सार गेटमै सेनेटाईजर छर्किने ,मालबाहक भारतीय चालक, सहचालक लाई स्वाथ्य चेकजाच जाँच गरेर भन्सार गेटभित्र प्रबेश गर्न अनुमति दिने ब्यवस्था मिलाउनु सम्बन्धित निकाय सँग जोडदार माग गर्दछौ’ विज्ञप्तीमा भनिएको छ ।

साथै यो महामारीको समयममा विशेष गरि बेलहियामा रहेका भन्सारबाट प्रर्याप्त चेकजाच सेनटाईजर चालक सहचालक सहयोगीहरूको स्वाब प्ररिक्षण बिना भन्सार प्रबेश गराउने र भन्सारबाट नेपालको बिभिन्न ठाउमा पठाउनु जोखिमपुर्ण रहेकाले उक्त कार्य रोक्न पनि माग गरेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।