ताजा अपडेट »

रोटरी क्लब अफ भैरहवाद्वारा सिद्धार्थनगरलाई सहयोग

शुक्रबार, २१ चैत्र २०७६, १७ : ५३
22 Shares
शुक्रबार, २१ चैत्र २०७६
22 Shares

भैरहवा । कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि रोटरी क्लब अफ भैरहवाले सिद्धार्थनगर नगरपालिकालाई ३१ हजार रुपैंया नगरपालिकाले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचार कोषमा रोटरीले उक्त रकम सहयोग गरेको हो । विभिन्न सामाजिक कार्य गर्दे आइरहेको रोटरी क्लबले केहि दिन अगाडि भैरहवामा रहेका प्रहरी कार्यालय,ट्राफिक प्रहरी, सशस्त्र प्रहरी, बृद्धा आश्रम लगायत विभिन्न संघ–संस्थामा कोरोना भाइरसबाट बच्न मास्क वितरण गरेको रोटरीले सामाजिक कार्य अन्तरगत आर्थिक सहयोग गरेको रोटरी क्लब भैरहवाका संस्थापकअध्यक्ष राजकुमार गुप्ताले जानकारी दिए।

रोटरी क्लबले नगरपालिकाका प्रमुख हरिप्रसाद अधिकारी, नगरपालिकाका वरिष्ठ अधिकृत गणेश क्षेत्री, नगरपालिका का कार्यकारी अधिकृत तुल्सीराम मरासिनीको उपस्थितिमा रोटरी क्लब अफ भैरहवाका सदस्य रविकुमार रौनियारले चेक हस्तान्तरण गरेका हुन् । चेक बुझ्दै नगरप्रमुखअधिकारीले रोटरीले विभिन्न सामाजिक कार्य गर्नुका साथै विपद्मा परेकाहरुलाई सहयोग गरेर उदाहरणीय कार्य गरेको बताउँदै आभार प्रकट गरे । चेक हस्तान्तरण कार्यक्रममा रोटरी क्लब अफ भैरहवाका सदस्यहरु रविकुमार रौनियार, दुश्यन्त थापा लगाएतको उपस्थिति रहेको थियो।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।