ताजा अपडेट »
लुम्बनी प्रदेश सभामा प्रधानमन्त्री

आज प्रधामन्त्री ओलीले लुम्बिनी प्रदेश सभालाई बिशेष सम्बाेधन गर्दै

सोमबार, ०५ फागुन २०८१, ०५ : ००
136 Shares
सोमबार, ०५ फागुन २०८१
136 Shares

दाङ । प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी प्रदेशसभाको बैठकलाई आज साेमबार विशेष सम्बोधन गर्दैछन। प्रधानमन्त्री ओलीको सम्बोधनको सम्पूर्ण तयारी पूरा भएको प्रदेशसभा सचिवालयले जनाएकाे छ। प्रधानमन्त्री ओलीले आज बिहान ११ः३० बजे प्रदेशसभाको बैठकलाई विशेष सम्बोधन गर्ने गरी बैठक बस्ने कार्यसूची रहेकाे छ। 

लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीमगरले लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ को नियम २२० को उपनियम (२) बमोजिम मुख्यमन्त्री चेतनारायण आचार्यमार्फत प्रधानमन्त्री ओलीलाई विशेष सम्बोधनका लागि निमन्त्रणा गरेका हुन। 

प्रदेश सभाको बैठकलाई बिशेष सम्वोधनपछी प्रधानमन्त्री ओलीले घोराहीमा आयोजना हुने सभालाई समेत सम्वोधन गर्ने कार्यक्रम रहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।