ताजा अपडेट »

लखनकप फुटबल : आजको खेलमा तिलोत्तमा–११ र शिवनगर परिवार भिड्दै

विहीबार, २४ माघ २०८१, ०७ : १८
104 Shares
विहीबार, २४ माघ २०८१
104 Shares

बुटवल । रुपन्देहीको बुटवलस्थित सिद्देश्वर खेल मैदानमा जारी लखन कप नकआउट फुटबल प्रतियोगिता २०८१ मा बिहिबार तिलोत्तमा–११ भुपूसैनिक र शिवनगर परिवारका बिचमा खेल हुँदै छ । 

बुटवल उपमहानगरपालिकाको संरक्षकत्व तथा लखन ब्रदर्श यूथ क्लबको आयोजनामा जारी प्रतियोगिता अन्तरगत बुधबार भएको खेलमा इभोलुसन क्लब अफ बुटवल विजयी हुँदै अघिल्लो चरणमा प्रवेश गरेको खेल संयोजक राम बहादुर थापाले बताए ।   खेलमा सौभाग्य युवा क्लबलाई ट्राईबेकरमा ४-२ गोलले पराजित गर्दै इभोलुसन दोस्रो चरणमा प्रवेश गरेको हो । 

फागुन ७ गतेसम्म चल्ने प्रतियोगितामा १६ टिमले भाग लिएका छन ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।