ताजा अपडेट »

पाल्पामा टिप्पर दुर्घटना : देवदहका युवाको मृत्यु

बुधबार, २३ माघ २०८१, १९ : ४४
2.35K Shares
बुधबार, २३ माघ २०८१
2.35K Shares

बुटवल । पाल्पामा बुधबार दिउँसो टिप्पर।दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी रुपन्देहीको देवदह नगरपालिका- २ का ३१ वर्षीय सुनिल गरुङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

पाल्पाको माथागढी गाउँपालिकापा-५ सुर्काबास स्थित रहबास-खैरेनी भित्री कच्चि सडक खण्डमा रहबास खानीबाट चुनढु‌ङ्गा लिएर खैरेनीतर्फ आउँदै गरेको लु २ ख ५९६५ नम्बरको टिप्पर दुर्घटना भएको हो । टिप्पर सडकबाट अन्दाजी २०० मिटर तल खसेको थियो । शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल पाल्पामा पठाईएको, उक्त सवारी दुर्घटना सम्बन्धी थप अनुसन्धान कार्य जारी रहेको प्रहरीलेजनाएको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।