ताजा अपडेट »

रुपन्देहीको एक इट्टा उद्योगमा मजदुरको कुटपिटबाट मृत्यु

शुक्रबार, ०४ माघ २०८१, १० : ०६
5.57K Shares
शुक्रबार, ०४ माघ २०८१
5.57K Shares

बुटवल । रुपन्देहीको सियारी गाउँपालिका-७ हिरागञ्जस्थित न्यु कामना इँटा उद्योगमा कार्यरत एक मजदुरको विहिबार राती कुटपिटबाट मृत्यु भएको छ ।

मृत्यु हुनेमा भारत गोरखपुरका अन्दाजी ४० वर्षीय निष्ठुरी केवट रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । उद्योग परिसरको छाप्रोमा परिवारसहित बसिरहेका केवटलाई उद्योगकै ट्याक्टर चालक सियारी–६ घर भएका १९ वर्षीया कृष्ण केवटले कुटपिट गरेका थिए ।

कुटपिटबाट गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पतालमा पुर्‍याइएकामा उपचारको क्रममा विहीबार राति साढे ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए ।

निष्ठुरी केवटको छातीमा चोट देखिएकाले कृष्णले इँटाले हानेको हुन सक्ने अनुमान गरिएको कार्कीले बताए । कृष्णलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको सूचना अधिकारी कार्कीले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।