ताजा अपडेट »
भूकम्प अपडेट

चीन-नेपाल सीमानामा ७ म्याग्नेच्युडको भूकम्प : पूर्वी पहाडमा क्षतिको आशंकासहित विवरण माग

मंगलबार, २३ पुस २०८१, ०७ : ५१
420 Shares
मंगलबार, २३ पुस २०८१
420 Shares

काठमाडौं । तिब्बत र नेपालको सीमा डिंगे कान्टी केन्द्र भएर ७ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ। भूकम्पको प्रभाव पूर्वी नेपालमा बढी परेको केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले जानकारी दिए।

यो भूकम्पको गहिराइ करिब १० किलोमिटर देखिएको छ। यद्यपि यसबारे विस्तृतमा बुझ्न बाँकी रहेको उनले बताए । यसको असर काठमाडौं र यसभन्दा पश्चिम पनि परेको उनले बताए । बिहान ६ः५० मा काठमाडौंलगायत मधेस र पूर्वी पहाडमा भूकम्पको धक्का महसुस गरेपछि मानिसहरू घर बाहिरसमेत निस्किएका थिए। कम्पन केही बेर महसुस गरिएको थियो। खानी तथा भूगर्भ विभागका भरत कोइरालाले भूकम्पको केन्द्रविन्दु र नेपालको दूरी ९० किलोमिटर रहेको बताए ।

पूर्वी पहाडमा क्षति भएको आशंकामा प्रशासनले विवरण माग गरेको बताएका छन्।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।