ताजा अपडेट »

सन्दुक सहकारीको १४ औं वार्षिक साधारणसभा

आइतबार, ३० भदौ २०८१, ११ : २२
26 Shares
आइतबार, ३० भदौ २०८१
26 Shares

बुटवल  ।  बुटवल उपमहानगरपालिका वडा नं। ७ स्थित दीपनगरमा रहेर कारोबार गर्दै आईरहेको संस्था सन्दुक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो  १४ औं वार्षिक साधारणसभा शनिबार एक कार्यक्रमका बीच  सम्पन्न गरेको छ । कार्यक्रममा सहकारीका अध्यक्ष सोम बहादुर खातीको अध्यक्षतामा बुटवल  उपमहामनगरपालिका वडा नं ७ का वडा अध्यक्ष पदमराज गाहाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि गाहाले युवाहरुले सञ्चालन गरेको संस्था अत्यन्तै राम्रो र उदाहरणीय रहेको बताए । उनले यस संस्थाले गरेका हरेक कामहरु सराहनीय रहेको भन्दै अरु सहकारीहरुले पनि यसबाट सिक्नुपर्ने बताए । सोही कार्यक्रममा सहकारीका अध्यक्ष सोम बहादुर खातीले अध्यक्षको  वार्षिक प्रतिवेदन, कोषाध्यक्ष  अर्जुन गिरीले आर्थिक प्रतिवेदन र लेखा सुपरीबेक्षण समितिको प्रतिवेदन लेखा समिति संयोजक सागर भुसालले प्रस्तुत गर्दै सर्वसम्मतले पारित गरेको छ ।

संस्थाको शेयर पुजी ७० लाख ५६ हजार, निक्षेप बचत रु ३ करोड ३९ लाख ५ हजार १ सय ६८  रुपैयाँ रहेको र संस्थामा कुल ५ सय ४५ जना शेयर सदस्य सं आबद्ध छन् । कार्यक्रममा बुटवल उपमहानगरपालिकाका कार्यपालिका सदस्य सुनिता खड्लुक, सहज बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष कमलप्रकाश भुसाल, प्रशिक्षक हुमाकान्त काफ्लेलगायतले बोल्दै पछिल्लो समयमा सहकारीमाथि विस्वास घट्दै गएको अवस्थामा सन्दुक सहकारीमा सदस्यहरुको वृद्धि हुनु सकारात्मक पक्ष रहेको बताए ।

सोही अवसरमा एसईई र प्ल्सटुमा  उत्कृष्ट जीपीए ल्याउने शेयर सदस्यका छोराछोरी मध्ये  खुसी राना र कृष्टिना थापा मगरलाई नगद र प्रमाणपत्रसहित पुरस्कृत तथा सम्मान गरिएको छ । त्यस्तैगरी शेयर सदस्य वृद्धि गरेकोमा कसिस खाती र ज्येष्ठ शेयर सदस्य राम बहादुर थापासंगै प्रेम कुमारी खाम्चा साथै संस्थाका सल्लाहकार मनोज गौचन, चेतमान श्रेष्ठ र आशिक थापालाई समेत सहकारीले सम्मान गरेको थियो ।

संस्थाले शेयर सदस्यको निधन पश्चात् कल्याणकारी कोषमार्फत मृतक परिवारलाई  रु २५ हजार उपलब्ध गराउदै आएको छ भने सुत्केरी भत्ता रु ३ हजार प्रदान गर्दै आएको संस्थाका अध्यक्ष सोम खातीले जानकारी गराएका थिए ।

सहकारीका उपाध्यक्ष प्रतिभा पाण्डेको स्वागत मन्तव्यमा सञ्चालक समिति सदस्य निता पराजुली पाठकले संगीतमय शुभकामनासंगै कार्यक्रमको सञ्चालन सचिव मोहन कुमार पाण्डेले गरेका थिए । २०६७ मंसिर १० गतेदेखि स्थापना भएको सहकारीले आफ्नो वार्षिक कार्ययोजना अन्तर्गत विभिन्न तालीम तथा सामाजिक कार्यहरु गर्दै आएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।