ताजा अपडेट »

लुम्बिनीका मुख्यमन्त्रीसहित सबै मन्त्री काठमाडौंमा

शनिबार, २६ साउन २०८१, १४ : ५३
286 Shares
शनिबार, २६ साउन २०८१
286 Shares

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसहित सबै मन्त्री काठमाडौं पुगेका छन्। मन्त्रालय खाली गरी काडमाडौं पुगेको टोलिले प्रधानमन्त्री केपी शर्मा ओलिलाई भेट गर्ने कार्यक्रम रहेको छ। प्रदेशमा बजेट माग गर्न उनीहरु काठमाडौं गएको बताएका छन् ।

गत आर्थिक वर्षमा संघीय सरकारबाट समानीकरण अनुदानको रकम दुई अर्ब १० करोड ९५ लाख कम आएपछि प्रदेश सरकारले विकास निर्माणतर्फको भुक्तानी गर्नुपर्ने केही रकमसमेत दिन सकेको थिएन्। सो रकमसहित प्रदेशको विकास निर्माणका सम्वन्धमा कुरा राख्न मन्त्रीहरुको टोलि काठमाडौं पुगेको एक मन्त्रीले बताए।

बुधबारदेखिनै काठमाडौं जान थालेका मन्त्रीहरु शुक्रबारसम्म सबै पुगिसकेका छन्। शुक्रबार दिउँसो ४ बजे प्रधानमन्त्रीले भेट गर्ने कार्यक्रम अनुसार सबै मन्त्री पुगेपनि भेटघाट कार्यक्रम दुईदिन पर सरेको छ। आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले सबै मन्त्रीहरु काठमाडौंमा रहेको र आइतबार ११ बजे प्रधानमन्त्रीलाई भेट गर्ने कार्यक्रम तय भएको बताए ।

लुम्बिनी प्रदेशमा हाल मुख्यमन्त्रीसहित नौ मन्त्री रहेका छन। यहा मन्त्रिपरिषदले अझै पूर्णता पाउन सकेको छैन। १२ सदस्यीय बनाउने तयारीमा मुख्यमन्त्री रहेपनि कांग्रेस र एमालेको सहमति अनुसार कांग्रेसबाट एक र साना दलबाट दुई मन्त्री नियुक्त हुन बाँकी  छ। मन्त्रिमण्डललाई पूर्णता दिन नसकेको अवस्थामा सबै मन्त्रालय खाली गरेर मन्त्रीहरु काठमाडौं लागेपछि यहा आलोचना भएको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।