ताजा अपडेट »

रुपन्देहीमा विभिन्न पार्टी परित्याग गरी दर्जन बढी नेताकार्यकर्ता नेकपामा प्रवेश

आइतबार, १३ साउन २०८१, ११ : ४८
198 Shares
आइतबार, १३ साउन २०८१
198 Shares

बुटवल ।एमाले, माओवादी, राप्रपा लगायत विभिन्न पार्टी परित्याग गरि एक दर्जन बढी नेता कार्यकर्ता विप्लप नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन ।

शनिबार एक कार्यक्रमका बिच सियारी गाउँपालिका वडा न ६ का लामो समय कम्युनिस्ट आन्दोलनमा भुमिका निर्बाह गरेका शंकर प्रसाद थारुका छोरा त्रिभुवन थारु, नेकपा माओवादी केन्द्रका  प्रमोद आचार्य लगायत एक दर्जन भन्दा बढी नेताकार्यकर्ता नेकपामा प्रवेश गरेका हुन। अन्य प्रबेश गर्नेहरुमा नेकपा एमालेबाट कृष्ण माया थारु, रुद्र कुमारी थारु, प्रदेशी केवट, राजु हरिजन, छेदी प्रसाद थारु, बिष्नुप्रसाद थारु, उषा देबि चौधरी, माया थापा, श्री निवास थारु, जमुना कुमारी थारु, नरेश थारु र लक्ष्मी थारु यस्तै राप्रपाबाट अशोक कुमार हरिजन लगायत रहेका छन ।

पार्टी प्रबेश कार्यक्रममा बोल्दै नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्यूरो सदस्य तथा रुपन्देही इन्चार्ज वसन्त सीले अहिलेको देशको संकटको समाधान एकीकृत जनक्रान्ति माध्यमबाट  नेपाली विशेषताको समाजबादले मात्र गर्ने भएकाले आम उत्पीडित तथा श्रमिक जनता, राष्ट्रिय पुजिपती, देशभक्त, बामपंथी, प्रगतिशील र सच्चा लोकतन्त्रबादी एकठाउँमा हुन अनिवार्य आवस्यक भएको बताएका थिए ।

उक्त कार्यक्रममा नेकपा जिल्ला सेक्रेटरी बिरेन्द्र सी, सियारीर सुद्धोधन गाउँपालिका इन्चार्ज मुकेश सी, सेक्रेटरी दिपक सी लगायतको उपस्थिति रहेको थियोे ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।