ताजा अपडेट »
स्वास्थ्य मन्त्रीको ९ बुदे निर्देशन

अस्पतालमा सेवाग्राहीहरु लाई समयमै सेवा प्रवाह गर्न स्वास्थ्य मन्त्री पौडेलको ९ बुँदे निर्देशन

भिड व्यवस्थापन गर्नेदेखि दुई सिफ्टमा ओपीडी सञ्चालन तथा औषधिको उपलब्धतासम्म

आइतबार, ०६ साउन २०८१, ०५ : ५४
128 Shares
आइतबार, ०६ साउन २०८१
128 Shares

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले अस्पतालहरुको सेवा प्रभावकारी बनाउन ९ बुँदे निर्णय गरेका छन्। मन्त्री पौडेलले मन्त्रालय र अस्पताल प्रमुखहरुसँग छलफल गरेपछि देशभरका संघीय अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुको सेवा प्रभावकारी बनाउने ९ बुँदे निर्णय गरेका हुन्।

उक्त निर्णय कार्यान्वयनमा ल्याउन मन्त्रालयले शुक्रबार नै अस्पताल र प्रतिष्ठानहरुमा परिपत्र गरेको छ। बिहीबार मन्त्रालयमा मन्त्री पौडेलको उपस्थितिमा भएको छलफलपछि भएको निर्णय अनुसार नै मन्त्रालयले शुक्रबार ९ बुँदे परिपत्र जारी गरेको हो। परिपत्रमा मन्त्रालयको नीति योजना तथा महाशाखा प्रमुख डा कृष्ण पौडेलको हस्ताक्षर रहेको छ।

'मन्त्रीको समुपस्थितिमा यस मन्त्रालयमा संघीय अस्पताल प्रमुखहरुज्यूको मिति २०८१/०४/०३ मा बसेको भएको बैठकमा छलफल भई अस्पतालमा सेवाग्राहीहरुको भीड व्यवस्थापन गरी समयमै सेवा प्रवाह गर्नका लागि निम्न बमोजिम निर्णय भएको हुँदा सोको यथाशिघ्र कार्यान्वयनका लागि ताहाँ पठाईएको व्यहोरा अनुरोध छ,' अस्पतालहरुमा पठाइएको पत्रमा भनिएको छ।

निर्णयहरु :
१. सेवाग्राहिको चाँप र उपलब्ध स्रोत साधनको तारतम्य मिलाई अस्पतालमा दुई सिफ्टमा ओपिडी सेवा सञ्चालन गर्ने ।

२. “विस्तारित अस्पताल सेवा कार्यक्रम सञ्चालन सम्बन्धी कार्यविधि, २०७७ बमोजिम बिस्तारित अस्पताल सेवा (Extended Health Service) लागू गर्ने । प्राप्त सुझावका आधारमा उपरोक्त कार्यविधि परिमार्जन गरिनेछ ।

३. चिकित्सकको राउण्ड, विरामी भर्ना, विरामीहरुको डिस्चार्ज बीच समयको तारतम्यता मिलाई शय्या नपाई भर्ना हुन नसक्ने अवस्थाको अन्त्य गर्ने ।

४. अस्पतालका कतिपय विभागहरुमा पाँच वा सो भन्दा युनिटहरु रहेको हुँदा पर्याप्त चिकित्सकहरु हुँदा हुँदै पनि ओ पि डी एवं शल्यक्रियाहरुमा चिकित्सकको कमी देखिएकोले युनिटको प्रभावकारी व्यवस्थापन गर्ने ।

५. स्वास्थ्य विमा कार्यक्रमबाट उपलब्ध गराईने सबै औषधि अस्पतालको बीमा फार्मेसीमा पर्याप्त राखी अटुट र अविछिन्न सेवा प्रवाह गर्ने ।

६. अस्पतालमा सेवाग्राहीहरुको भीड व्यवस्थापनका लागि तपसिल अनुसार गर्नेः सेवा काउन्टर थप गर्ने, अनलाईन टिकट काट्ने सेवा, अनलाईन समय व्यवस्थपान (टोकन नं अनुसारको समय जानकारी गराउने), विद्युतीय भुक्तानी प्रणाली लागू गर्ने आदि ।

७. सेवाग्राहीले सामान्य कामको लागि समेत अस्पताल प्रमुखलाई पर्खनुपर्ने बाध्यता हटाउन अस्पताल प्रमुखद्वारा विभागीय प्रमुख एवं अन्यलाई सम्बन्धित अधिकार प्रत्यायोजन गर्ने व्यवस्था मिलाउने।

८. अस्पतालको कुन सेवा कहाँ पाईन्छ भन्ने जानकारी नहुँदा पनि सेवाग्राहीको अव्यवस्थित भीड अस्पतालमा हुने हुँदा सोको निराकरणका लागि नक्सा (Navigator Map) वा स्वयं सेवक परिचालन सबैले देखिने गरी सेवाग्राही लक्षित विभिन्न ठाउँमा टाँस गर्ने ।

९. सार्वजानिक सेवा प्रवाहका अभिन्न अङ्ग जस्तैः सोध पुछ/ सहायता कक्ष, गुनासो सुन्ने व्यवस्था, पीउने पानी, सफा शौचालयको व्यवस्था मिलाउने ।

Untitled-2

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।