ताजा अपडेट »

बंगलादेशमा आरक्षण विरुद्धको आन्दोलन चर्कियो, १९ जनाको मृत्यु

शुक्रबार, ०४ साउन २०८१, ०८ : २८
158 Shares
शुक्रबार, ०४ साउन २०८१
158 Shares

काठमाडौंं । आरक्षण विरुद्ध चलिरहेको राष्ट्रव्यापी आन्दोलनमा बंगलादेशका विभिन्न भागमा हालसम्म कम्तीमा १९ जनाको मृत्यु भइसकेको छ । स्थानीय मिडियाहरुले सयौं मानिस घाइते भएको र आन्दोलन र हिंसा निरन्तर बढ्दै गएको बताएका छन् । प्रदर्शन हिंसात्मक हुदै गएपछि बंगलादेशका धेरै ठाउँमा इन्टरनेट सेवा बन्द गरिएको छ ।

यसैबीच, बंगलादेशको राष्ट्रिय च्यानल बीटीभीको कार्यालयमा बिहीबार दिउँसो आगलागी भएको छ । आगलागीका कारण बिटिभीको प्रसारण रोकिएको छ । गत जुन ५ मा रिट निवेदनका आधारमा उच्च अदालतले सन् २०१८ मा सरकारी जागिरमा आरक्षण खारेज गर्ने सरकारको सूचनालाई अवैधानिक घोषणा गरेको थियो । अदालतको उक्त फैसलापछि आरक्षण विरुद्धको आन्दोलन सुरु भएको हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।