ताजा अपडेट »

पूर्वी नवलपरासीमा नाली खन्दा ढिस्कोले पुरिएर ३ महिलाको ज्यान गयो

विहीबार, ३१ जेठ २०८१, २३ : ०६
10.57K Shares
विहीबार, ३१ जेठ २०८१
10.57K Shares

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोतीमा नाला निर्माणका क्रममा माटोको ढिस्कोले पुरिएर ३ महिलाको ज्यान गएको छ । विहिबार साँझ कावासोती नगरपालिका–२ स्थित फलफूल चोकदेखि पूर्वतर्फ ढल निकासका लागि खनेको खाल्डोमा काम गर्दै गरेका ३ जना महिला मजदुरको पुरिएर ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

कावासोती नगरपालिका-५ बस्ने ३२ वर्षीया चमेली दर्लामी, सोही वाडाको लक्ष्मीनगर बस्ने ५१ वर्षीया सेती राना र २६ वर्षीया तानमाया गाहाको मृत्यु पुरिएर मृत्यु भएको हो । ढल निकासीको ह्युमपाइप राख्न निर्माणाधीन नालामा काम गर्ने क्रममा माटोको ढिस्को खस्दा तीन जना मजदुर महिला पुरिएका थिए । पुरिएकामध्ये दुई जनाको उद्धार गरी उपचारका लागि मध्यविन्दु जिल्ला अस्पताल डण्डा लगिएकामा चिकित्सकले मृत घोषणा गरेका थिए भने एक महिलाको घटनाको लामोसमयपछि माटो खनेर उद्धार गर्दा मृत अवस्थामा भेटिएका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।