ताजा अपडेट »

विश्व वातावरण दिवसमा चित्रकला प्रतियोगिता

बुधबार, २३ जेठ २०८१, ०९ : ४७
220 Shares
बुधबार, २३ जेठ २०८१
220 Shares

बुटवल । विश्व वातावरण दिवसको अवसरमा ‘प्रकृति, वन र वातावरणसम्बन्धी’ शिर्षकमा माध्यमिक तह बुटवल उपमहानगरपालिकास्तरीय चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । पर्यावरण संरक्षण समाज, नेपाल र डिभिजन वन कार्यालय, रूपन्देहीको सहकार्यमा सो कार्यक्रम गरिएको थियो ।

कार्यक्रममा बुटवल उपमहानगरभित्रका संस्थागत र सामुदायिक विद्यालयहरूको सहभागिता रहेको थियो । जसमा स्कलर्स होम बोर्डिङ्ग स्कुलबाट प्रविना बस्नेत प्रथम, दीप बोर्डिङ्गकी सोमिन पिया दोस्रो, एभरेष्ट ईंग्लिश बोर्डिङ्गकी श्रीका जोशी तेस्रो र नवीन औद्योगिक मावि कि दृष्मा शाक्यले सान्त्वना स्थान प्राप्त गरेका थिए ।

वातावरण संरक्षणमा जनचेतनाअभिबृद्धि गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको पर्यावरण संरक्षण समाजकी अध्यक्ष गङ्गा पोखरेलले बताइन् । कार्यक्रममा बोल्दै प्रमुख डिभिजनल वन अधिकृत प्रभात सापकोटाले विश्वमा बढ्दै गइरहेको जलवायु परिवर्तनलाई रोक्नको लागि हरेकले आफ्नो आफ्नो ठाउँबाट प्रकृति संरक्षणको लागि काम गर्नुपर्ने धारणा व्यक्त गरे । वरिष्ठ वन अधिकृत सन्दीप बासुकला, पर्यावरण संरक्षण समाज, नेपालकी कोषाध्यक्ष बनिकादेवी शर्मा भट्टराई, उपाध्यक्ष गणेश घिमिरेले सहजीकरणको भूमिका निभाएका थिए ।

निर्णायकको भूमिकामा एचबी रम्तेल र बेन प्रसाद थापा रहेका थिए । कार्यक्रम वन निर्देशनालय, रूपन्देहीको कार्यालयमा सप्पन्न भएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।